यो लडाइ शब्दको
आवाज मेरो हतियार
स्वतन्त्रताको पुजारी हौ भने
तिमी बन मेरो मतियार !
म बोल्छु
तिमी नि आफ्नो आवाज उठाऊ
परिधि भन्दा बाहिर निस्कन सिक
आँट र साहस जुटाउ !
शब्द शब्द
गोली गोली
किन कुर्ने भोलि भोलि।
आज-आज! सुन आज
बोल आज।
मनको कुरा खोल आज।
नकुर भोलि !
जिन्दगी आज माटो माथी
भोलि हुनेछ माटो मुनि।
केहि कुरा छैन टाढा
जिन्दगीमा फुल टिप्दा किन भुल्छौ काडा।
१ २ ३...अब धेरै दिन।
माया भए भन।
मायाले हेर सबै मायानै त छ रनबन।
शब्द शब्द जोड तिमी।
मनलाई मायाले गोड तिमी।
सुनाइदेउ तिमी मन मुटु खोली।
आज आज!
नकुर भोलि।
गोलि गोलि।
शब्द शव्द .....
बोल बोल..
नकुर भोलि।
Comments
Post a Comment