यो जाडोमा कोठामै बस- बाहिर ननिस्क।😎
आज कोठामै बस।
बाहिर ननिस्क।
काठमाडौंको जाडो
हिटरभन्दा पहिले
हड्डी चिन्छ।
यदि चुरोटको धुवाँमै
सास टिकेको छ भने
घाम खोज्नु हास्यास्पद छ!
घाम त
कुहिरोको सरकारी फाइलमा
अड्किएको छ।
बाथरुमसम्म जाऊ,
फेरि फर्क।
त्यसभन्दा पर
आजको शहर
तिम्रो लागि
‘अनुमतिपत्र’ माग्छ।
ओ, बाहिर ननिस्क।
ट्याक्सी नबोलाऊ,
मोटरसाइकल नचलाऊ।
हर्नको भाषा
यहाँ राष्ट्रिय लिपि जस्तो हो,
र बाटो
सधैं निर्माणाधीन।
यदि कोही ढोकामा आयो भने,
डेलिभरी हो कि
राजनीति,
पहिला सोध।
ढोकामै रोक र जनाऔ,
आज आतिथ्य पनि
बजेट कटमा छ।
कोठाभित्रै बस।
सिमेन्टको भित्तो र
आरामदाइ कुर्चि भन्दा
रोचक के छ र?
दुधको चिया छ,
वाई–फाई छ (कहिलेकाहीँ),
र आमाको फोन
‘चिसो छ, ननिस्क’ भन्दै।
बाहिर गएर के पाउने?
जाममा अड्किएको समय,
महँगीको भाषण,
र साँझ फर्किँदा
उही अनुहार
थोरै बूढो,
अलिक थाकेको।
ओ, कोठाभित्रै बस।
स्वेटरमाथि स्वेटर,
मोजामाथि मोजा।
ढोकाबाहिर
ममःको गन्ध छ,
भित्र चाहिँ
बिलको डर।
कोठाभित्रै बस।
कोठाले नै
तिम्रो पहिचान अपडेट गरोस्।
तिमी इन्कोग्निटो हौ।
न पद, न प्रोफाइल पिक्चर,
सिर्फ
चिसोबाट बाँच्न खोज्ने
एउटा नागरिक।
बाहिर न पेरिस छ,
न स्वप्नलोक,
सिर्फ बन्द सटर,
उडेको धुलो,
र कुहिरो।
मूर्ख नबन।
अरूले जे गरिरहेका छन्
त्यो नगर्नु नै
यहाँ बुद्धिमानी हो।
यो जाडोमा, काठमाडौंमा
कोठामै बस। 😎😊😃
-सुदर्शन ( अलि अगाडि को काठमाडौं)
Comments
Post a Comment