कुरा पनि कति काट्नु
कसको काट्नु?
कति कटिरहनु!
दिक्कै भन्या, कै छैन ठिक्क।
कतै देख्दिन, कोही देख्दिन ठिक।
सब चोर! चोरै चोरको राज छ।
निराशा पनि यति भयोकी।
अब त यो कोरोना पनि निराशै भएर जाला जस्तो छ।
सलह त धेरै टिक्दैन थाहा भइसक्यो।
गीत सुन्न मात्र आँको हो भन्ने हल्ला आँको छ।
सूचनाले गर्दा भएको हो यो सब।
कोही बोल्नै हुन्न , चाहे जायज हो या नाजायज।
समाचार त बनाइ हाल्छन्।
त्यो मात्र हो र युट्युबमा आउँछ धेरै ।
कोहीले केही खन्नै हुन्न।
होली वाइन होस या विदेशी वाइन होस।
सबले थाहा पाइहाल्छन्।
खाने कुरा चाहे घुस हो या घिरौला।
समाचार बनी हाल्छ।
मान्छेले थाहा पाइहाल्छन्।
अनि विरोध त कुरै नगरौँ। फेस बुका!!
सब कुरामा अपडेट भैईरहेको छ एउटा जमात।
अर्को जमात अपडेट गराइरहेछ।
अनि मेलो बनेको छ कुरा को।
जनता कुरा काटिरहन्छन्।नेता भनाउँदा कुरा ढाँटिरहेको छ।
कति काट्न सक्या?
कति ढाँट्न सक्या होला?
..............
Comments
Post a Comment