सायद सबै मान्छे उस्तै हुन्छन्। उही सुख–दुःख, उही मिलन–बिछोड, उही अघि–पछि, उही पाउनु–गुमाउनु... हेर्दाहेर्दै, भोग्दाभोग्दै, समयसँगै आफूलाई नै कतै बिर्सिन्छन्। अनि यही भीडमा, जहाँ सबैजना केही न केही खोजिरहेका हुन्छन्, मान्छे फेरि आफैँलाई नै खोजिरहेकै हुन्छ। सायद जीवन भनेकै यही हो, आफूलाई हराउँदै जानु र फेरि आफूलाई नै खोजिरहनु। -सुदर्शन
I am waiting for you....you are welcome to my blog.