Skip to main content

Posts

Showing posts from August 16, 2026

हाम्रो आँखाको व्यस्तता र मस्तिष्कको मौनता

बिहान आँखा खुलेदेखि नै हाम्रो दिन हेरेर सुरु हुन्छ। मोबाइलमा समय हेर्‍यौँ, समाचार पढ्यौँ, सामाजिक सञ्जाल खोल्यौँ। काममा पुगेपछि कम्प्युटर हेर्‍यौँ। फुर्सद भयो फेरि मोबाइल हेर्‍यौँ। राति सुत्नुअघि पनि मोबाइल नै अन्तिम साथी बन्छ। आँखाले दिनभरि धेरै कुरा देखिरहेका छन्। तर देखेको कुरा बुझ्ने र त्यसबाट आफ्नो विचार बनाउने काम त मस्तिष्कले गर्छ। त्यसैले आजको प्रश्न आँखाको थकानको मात्र होइन, हाम्रो मस्तिष्कले कति समय स्वतन्त्र रूपमा सोच्न पाइरहेको छ भन्ने पनि हो। हामीसँग सूचना पहिलेभन्दा धेरै छ, तर आफ्नै विचारका लागि समय भने कम हुँदै गएको त छैन? सूचनाको यो बाढीले हाम्रो सोच्ने शैली पनि बदलिरहेको छ। एउटा कुरा पढ्न नपाउँदै अर्को सूचना आउँछ। एउटा भिडियो सकिन नपाउँदै अर्को सुरु हुन्छ। हामी एउटा विषयमा गहिरिनुभन्दा अर्को विषयमा छिटो पुग्न अभ्यस्त हुँदै गएका छौँ। कहिलेकाहीँ केही समय चुपचाप बस्दा पनि मोबाइल निकालिहाल्छौँ। तर मस्तिष्कलाई पनि केही खाली समय चाहिन्छ। त्यही समयमा मानिसले देखेका र सुनेका कुरालाई सम्झन्छ, जोड्छ र आफ्नै निष्कर्ष निकाल्छ। सायद आज हामीलाई सूचनाको अभावभन्दा पनि सूचनाबीच सोच्ने ...

सम्झना

सम्झनाको अर्थ हामी एकअर्कालाई के नै दिन सक्छौँ र? समय आफ्नै बाटोमा हिँड्छ, मान्छे आफ्नै बाटोमा। आज सँगै छौँ, भोलि कहाँ हुन्छौँ, कसैलाई थाहा हुँदैन। हामीले जम्मा गर्ने धन, नाम र सम्बन्धहरू पनि एक दिन यहीँ छुट्छन्। बाँकी रहन्छ त केही पल, केही शब्द, र कसैको मनमा हाम्रो एउटा सम्झना। सायद जीवनको अर्थ नै यही हो, हामी सधैँका लागि एकअर्काको हुन होइन, एकअर्काको जीवनमा केही क्षण भएर आउँछौँ। र जब बाटो छुट्छ, हामीसँग केही हुँदैन फर्काएर लैजान। केवल सम्झना हुन्छ, कि कुनै समय हामी एकअर्काको जीवनमा थियौँ। - सु.सा