प्रधानमन्त्रीज्यू, देश तपाईंको आवाज खोजिरहेको छ, तर तपाईंको मौनता आज एउटा प्रश्न बनेको छ। देशका आँखामा आँसु हुँदा सत्ताको झ्याल बन्द रहनु, जनताको मनमा डर हुँदा नेतृत्व टाढा देखिनु, के यही हो नयाँ राजनीतिक संस्कार? शब्द लेखिनु ठूलो कुरा होइन, सही समयमा सही ठाउँमा उभिनु ठूलो कुरा हो। किनकि प्रधानमन्त्री कुर्सीमा बस्ने व्यक्ति मात्र होइन, अँध्यारोमा देशलाई बाटो देखाउने आवाज हो। आज तपाईंको मौनता पनि एउटा निर्णय हो। इतिहासले प्रश्न गर्नेछ, त्यो बेला प्रधानमन्त्री कहाँ थिए?
I am waiting for you....you are welcome to my blog.