देश र जातिको सही अर्थ
ब्राह्मण
जाति होइन,
राम्रो संस्कार सिकाउने बाटो हो।
क्षत्रिय
जाति होइन,
सत्य र अधिकारको रक्षा गर्ने हिम्मत हो।
वैश्य
जाति होइन,
सबैलाई पाल्ने र अर्थतन्त्र चलाउने मेहनत हो।
शूद्र
जाति होइन,
काम गरेर देश बनाउने कर्म हो।
हाम्रो सनातन धर्म
मात्र धर्म होइन,
सही तरिकाले बाँच्न सिकाउने जीवन पद्धति हो।
देश
कुनै एक विचारले बनेको होइन,
यो त सबै मिलेर बनाएको परिवार हो।
देश
कुनै एक जातिको होइन,
सबै जाति मिलेर बनेको पहिचान हो।
देश
कसैको निजी इनार होइन,
यो त सबैलाई अटाउने विशाल महासागर हो।
नेपाल हाम्रो देश हो।
हामि सबै नेपाली हौ।
- सुदर्शन
Comments
Post a Comment