Skip to main content

आखिर यो देश कसले बनाउछ?

कसले बनाउँछ देश?

न जवानीलाई भाग गरेर बुढेसकाल
शेष रहेकाले बनाऊ छ देश।

न त झिसमिसे साँझलाई बिहानीको
संन्ग्याँ दिनेले बनाउँछ देश।

शव्दजालमा जनतालाई फाल हाल्न
लगाउनेले त के बनाउला खै?!

सेतो कपालको छुट्टैछनी महत्त्व,
किन उ गधालाई नुहाए जस्तो कालो बनाउँछ केश।
दुई खुट्टीकला उक्लन धपेडी हुन्छ,
फेरि पनि उही मानिस तय गर्छ देश बनाऊने रेस।
कामभन्दा कुरै बडी, धरहरामा पनि िलप्ट खोज्छ,चढ्न छोडी सिडी, 
अनि कसरी बन्छ देश?

अधिकारको मात्र कुरा गरेर कर्तव्य भुलेकाले,
पटक पटक प्रधानमन्त्री हुँदा,
सम्झन लायक केही नगर्नेले के बनाउला।
भइरहेको देशको सिस्टम मात्र बिगार्नेले 
अब कसरी देसलाई विकासले सिँगार्ला?

आन्दोलन भयो।
आन्दोलनले नेता बनायो।
पाटी बनायो
पाटिले सरकार बनाए
मन्त्रीहरू बनाए।
मन्त्रीहरूले आफ्नो घर गाडी ठडाए।
तर देश बनेन।

अब देश कसले बनाउँछ?
नागरिकता र नदिमा राजनीति गर्नेले कसरी बनाउला!
राजनीतिक धर्म छोडेर धर्ममा राजनीति गर्ने ले त के बनाउला?
जातलाई उचाली मतमा खेल्नेले कसरी के बनाउला? 
साना साना कुरामा विदेश मुख  ताक्नेले 
देशमा उत्पादन नगरी जे पनि माग्नेले
रोजगार दिनुको साटो जनता श्रमिकमा विदेश भगाउनेले
के गरी बनाउछ्न देश?

देशको ठेक्का लिने नेताहरू नै ठग हुन थालेपछि 
अब को सँग गर्ने आस ?
जो कोही एक छिन घोत्लियो भने अझै पनि उत्तर पाउन मुस्किल छ।
आखिर यो देश कसले बनाउँछ खास?

-सुदर्शन सापकोटा


Comments

Popular posts from this blog

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्? नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प...

हाम्रो आँखाको व्यस्तता र मस्तिष्कको मौनता

बिहान आँखा खुलेदेखि नै हाम्रो दिन हेरेर सुरु हुन्छ। मोबाइलमा समय हेर्‍यौँ, समाचार पढ्यौँ, सामाजिक सञ्जाल खोल्यौँ। काममा पुगेपछि कम्प्युटर हेर्‍यौँ। फुर्सद भयो फेरि मोबाइल हेर्‍यौँ। राति सुत्नुअघि पनि मोबाइल नै अन्तिम साथी बन्छ। आँखाले दिनभरि धेरै कुरा देखिरहेका छन्। तर देखेको कुरा बुझ्ने र त्यसबाट आफ्नो विचार बनाउने काम त मस्तिष्कले गर्छ। त्यसैले आजको प्रश्न आँखाको थकानको मात्र होइन, हाम्रो मस्तिष्कले कति समय स्वतन्त्र रूपमा सोच्न पाइरहेको छ भन्ने पनि हो। हामीसँग सूचना पहिलेभन्दा धेरै छ, तर आफ्नै विचारका लागि समय भने कम हुँदै गएको त छैन? सूचनाको यो बाढीले हाम्रो सोच्ने शैली पनि बदलिरहेको छ। एउटा कुरा पढ्न नपाउँदै अर्को सूचना आउँछ। एउटा भिडियो सकिन नपाउँदै अर्को सुरु हुन्छ। हामी एउटा विषयमा गहिरिनुभन्दा अर्को विषयमा छिटो पुग्न अभ्यस्त हुँदै गएका छौँ। कहिलेकाहीँ केही समय चुपचाप बस्दा पनि मोबाइल निकालिहाल्छौँ। तर मस्तिष्कलाई पनि केही खाली समय चाहिन्छ। त्यही समयमा मानिसले देखेका र सुनेका कुरालाई सम्झन्छ, जोड्छ र आफ्नै निष्कर्ष निकाल्छ। सायद आज हामीलाई सूचनाको अभावभन्दा पनि सूचनाबीच सोच्ने ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...