Skip to main content

मान्छे

मान्छे!
कति स्पष्ट छ शब्द!
कति स्पष्ट छ अर्थ!
सबै प्राणी भन्दा शेर्स्ट मगज भएको मान्छे॥
म मान्छे।
तपाई मान्छे।
हामी मान्छे।
यो पढ्ने मान्छे।
यो लेख्ने मान्छे।
यो बुझ्ने पनि मान्छे।
एउटै रूप मान्छे।
तर एउटै रूपमा पनि कति फरक छ मान्छे।
एउटै चिज हेराई पनि एउटै,
फेरी बुझाई मा फरक छ मान्छे।
त्यही बुझाई र अ बुझाइका कारण 
मान्छेलाई चिन्छ मान्छे॥
मान्छेले मान्छेलाई किन्छ मान्छे।
भिन्न भिन्न भाषा भावना एउटै।
भिन्न भिन्न धर्म कामना एउटै।
त्यही भावना र कामना भएकाले बाचेको छ
मान्छे।
बुद्ध मान्छे।
हिट्लर मान्छे।
आइन्स्टाइन मान्छे।
ओबामा मान्छे।
लादेन पनि मान्छे।
अब त्यो प्रचण्ड पनि त मान्छे।
तपाई मान्छे।
हामी मान्छे।
हेर्नुहोस् यी सबै मान्छे।
एउटै खोल भित्र कति फरक छ मान्छे।

Comments

Popular posts from this blog

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्? नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प...

हाम्रो आँखाको व्यस्तता र मस्तिष्कको मौनता

बिहान आँखा खुलेदेखि नै हाम्रो दिन हेरेर सुरु हुन्छ। मोबाइलमा समय हेर्‍यौँ, समाचार पढ्यौँ, सामाजिक सञ्जाल खोल्यौँ। काममा पुगेपछि कम्प्युटर हेर्‍यौँ। फुर्सद भयो फेरि मोबाइल हेर्‍यौँ। राति सुत्नुअघि पनि मोबाइल नै अन्तिम साथी बन्छ। आँखाले दिनभरि धेरै कुरा देखिरहेका छन्। तर देखेको कुरा बुझ्ने र त्यसबाट आफ्नो विचार बनाउने काम त मस्तिष्कले गर्छ। त्यसैले आजको प्रश्न आँखाको थकानको मात्र होइन, हाम्रो मस्तिष्कले कति समय स्वतन्त्र रूपमा सोच्न पाइरहेको छ भन्ने पनि हो। हामीसँग सूचना पहिलेभन्दा धेरै छ, तर आफ्नै विचारका लागि समय भने कम हुँदै गएको त छैन? सूचनाको यो बाढीले हाम्रो सोच्ने शैली पनि बदलिरहेको छ। एउटा कुरा पढ्न नपाउँदै अर्को सूचना आउँछ। एउटा भिडियो सकिन नपाउँदै अर्को सुरु हुन्छ। हामी एउटा विषयमा गहिरिनुभन्दा अर्को विषयमा छिटो पुग्न अभ्यस्त हुँदै गएका छौँ। कहिलेकाहीँ केही समय चुपचाप बस्दा पनि मोबाइल निकालिहाल्छौँ। तर मस्तिष्कलाई पनि केही खाली समय चाहिन्छ। त्यही समयमा मानिसले देखेका र सुनेका कुरालाई सम्झन्छ, जोड्छ र आफ्नै निष्कर्ष निकाल्छ। सायद आज हामीलाई सूचनाको अभावभन्दा पनि सूचनाबीच सोच्ने ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...