सधैँ घाम उदाउँछ-पूर्व!
हो! हामीले सुन्यौ।
हामीले पड्ढेयौ पनि।
सधैँ घाम उदाउँछ-पूर्व।
घाम सधैँ अस्ताउँछ-पश्चिम।
हामीले यही बुझ्यौ।
तर,
घाम उदाउने होइन,
न त अस्ताउने नै हो।
यो त जहाँको त्यही छ।
पृथ्वी पो यसलाई घुमिरहेछ।
हामी उदाइरहे छौ जानेर वा हानिनै अस्ताइ रहेछौ।
थाहै नपाई चक्कर हामी पो लगाउँछौ।
हामी देखेरै झुट बोल्छौ।
पढेरै झुट खोल्छौ।
सत्यको खोजीमा,
ध्रुवलाई सत्य र सत्यलाई ध्रुव बोल्छौ।
धर्म अनेक छन् तर सत्य एउटा छ।
हाम्रो बुझेन कुरा एउटै हो।
फेरि बुझेन तरिका फरक छ।
कुरो भन्दा तरिकामा नै हाम्रो घन-चक्कर छ।
तिमि सही वा म सही भन्ने मै ठुलो टक्कर छ।
हामीले यो पनि शून्यै।
सत्येले जित्छ!
सत्य हार जितको कुरा होइन! सायद,
जित्ने-हार्ने हाम्रै बिचार हो।
बिचार मात्र पनि केही होइन,
जित्ने त हाम्रो बिचार भित्रको संस्कार हो।
बिचार पानी हो भने,
रङ्ग र आकार त हाम्रै आचार हो।
धर्म जात-भात, रङ्ग, भाषा,
भूगोल सब-सब मान्छेले छुट्टाएको आफ्नै प्रकार हो
सुनेको कुरा हो।
देखेको कुरा हो।
बुझाइएको कुरा हो।
सत्य फरक छ।
अरूको भावना महसुस गर्नु मसिनको बिचार हो।
सह-अस्थित्यो बुझ्नु उसको सकार।
सधैँ घाम उद्याउँछ-पूर्व।
घाम सधैँ अस्ताउँछ-पश्चिम।
सुनेको कुरा,पढेको कुरा
बिचार माथि तपाईँले दिएको
रङ्ग र आकार हो!
-सुदर्शन सापकोटा
Comments
Post a Comment