धेरै पहिलाको कुरा हो।
विश्व एउटा थियो।
रूपमा, बनोटमा।
जमिन एउटा थियो।
पानी अर्को भाग थियो।
पछि खोइ किन छल्कियो पानी?!
एउटै जमिन फुट्न थाल्यो।
एउटै महादिप टुट्न थाल्यो।
एउटाले अर्कालाई हान्न थाले।
सक्नेले त आफूतिर तान्न थाले।
पानी माथिको बरफ जस्तै
कहिले कता कहिले कता,
जमिनका टुक्राहरू सल्बलाई रहे।
सलबलाई रहेछन्।
आज सम्म पनी!
पत्याउनुहोस्! सहि कुरा हो।
जब, बिस्तारै!
अमेरिका र अफ्रिका टुट्न थाले।
चाइना र इन्डिया जुद्धन थाले (अहिलेको जस्तो होइन!)
यिनको जुधाई सहन नसकेर,
हाम्रो हिमाल जुरुक्क उट्ठयो।
हिमाललाई पहाड र तराईले साथ दिए।
अनि नेपाल बन्यो!
नेपाल भूगोल बनेको हो,
मान्छे त बनेकै थिएन!
पत्याउनुहोस्! सहि कुरा हो।
मान्छे कसले बनायो त?
त्यो त म भन्न सक्दिन।
सायद, आवश्यकताको सिद्धान्त होला।
प्रकृतिको चमत्कार सम्झनुहोस्।
चमत्कार नै बिस्तारै चमत्कारी बन्न थाले।
व्यक्ति पछि परिवार, समाज, छेत्र अनि देश बन्यो।
कथा लामो छ!!
यसै क्रममा बुद्ध देखि हिट्लर जन्मिए।
ज्ञान देखि विज्ञान जन्मियो,
र पनि!
शान्ति सँगै युद्ध जन्मियो।
बिस्तारै नेपाल देश बन्यो।
तपाई नेपाली बन्नु भयो।
बधाई छ!!
मान्छे त कति जन्मिए कति।
पृथ्वीले मान्छेलाई होइन,
मान्छेले पृथ्वी जन्माए जस्तो
फेरि नेपाली आमाको कोख बाट हाम्रा पुर्खाहरू जन्मिए,
वीरता देखाए।
राजाहरू जन्मिए, राज गरे।
राणाहरू जन्मिए, रणाको मच्चाए।
शहीदहरू जन्मिए, बलिदान दिए।
नेताहरू जन्मिए, खैके खैके!!?
जनताहरू जन्मिरहे।
तपाईँहरू जन्मनु भयो।
अनि हामी जन्मियौँ।
त्यस्तै म आज (जन्म दिन) जन्मिए।
धन्य छु!
यो आत्माको लागि शरीर दिलाउने भगवान् (आमा-बुवा) प्रति।
-सुदर्शन सापकोटा
(२०७२ पुस )
Comments
Post a Comment