सम्झना नै हो जीवन, समयले कसैलाई पर्खन।
मानवको मनमा कति धेरै आइरहन्छ तर्कना।
आमा सम्झेर आउँछ कति धेरै याद सास छाइन्जेल।
छोराछोरीहरू नै हुन आमाका पियारा बाचुन्जेल।
कता बाट हेरिरहनु भएको छ हामीलाई लुकेर।
याद आउँछ सम्झनामा यी आँखा मेरा सुकेर।
काल पनि कालो हुन्छ कि के हो देखिन आँखाले।
थाहा हुन्न टपक्क टिपी लान्छ कति खेर सासले।
रिस रागमा डुब्न खोज्छ मन्छेको मन, बुझ्दैन केही।
पू्र्खाहरु हाम्रा सम्झना हुन, हामी पनि त्यही त हो हुनी।
हामी हौँ सन्तति हाम्रै पुर्खाको, पुर्खा हुनेछौ एक दिन।
राम्रो काम गरे भावी सन्ततिले सम्झन्न छन् एक छन्
Comments
Post a Comment