नदिलाई कैले दायाँ पार्दै
कैले बायाँ पार्दै
एउटा पथ बिकासको
हिडिरहेको छ।
सुरुङ्ग!
कतै कोमल त कतै कडा चट्टान
फोर्दै, छिचोल्दै
एउता बाटो बनिरहेको छ।
सुरुङ्ग!
यहाँ अब!
उज्यालो आकाश हेर्न छोडेर,
बिकासको उज्यालो भबिस्य कोर्न।
एक हुल कर्म योद्धाहरु लागिपरेका छ्न बनाउन।
सुरुङ्ग!
पहाडका घुमैरा बाटाहरु घुम्दै।
छोटो बाटो बनाउन कै लागि
अर्को उपाय खोजिरहेका छ्न - दिमागहरु।
उपाय भेटिरहेछ-सुरुङ्ग !
पानी खोलामा बगेको बगै छ।
खेतका फाँटहरु बाँझा छ्न।
त्येही बाँझा तिर्खाएका खेतहरु
तृप्त तुल्याउन, खनिदै छ।
यहाँ सुरुङ्ग !
एउटा पहाड छेडेर अर्को पहाडमा
तिर्खाएका मनुवाहरुलाइ पानी पिलाउन पनि
यहाँ! बन्दै छ।
सुरुङ्ग।
कयौं शक्तिसाली हाम्रा नदिहरु।
आफ्नो शक्ति परिवर्तन गर्न,
भुमिगत हुदै सुरुङ्ग बाट निक्लदै
छ्न।
त्यही परिवर्तती नदिको शक्ति हाम्रो उर्जा बनेको छ।
त्येही भएर नदि भुमिगत गर्न पनि
बनिरहेका छ्न- सुरुङ्ग !
हो अब अझ धेरै,
सुरुङ्ग बन्नु पर्छ।
सुरुङ बनाउन पर्छ।
यो गाउँहरुलाई सुरुङले जोड्नु पर्छ।
सहरका मुनि मुनि सुरुङहरु बुन्नु पर्छ।
प्रबिधिको प्रयोग गरि दिगो बिकास हुनु पर्छ।
म त भन्छु,
दिगो बिकासको लागी
हाम्रो जस्तो भूगोलमा बिकासका सुरुङहरु खन्नु/बन्नु पर्छ।
- सुदर्शन सापकोटा
२०७८/१०/७
Comments
Post a Comment