Skip to main content

एक दिन उड्छ सास, हुन्न केही खास।

एक दिन उड्छ सास, हुन्न केही खास।

एक दिन उड्छ सास,
बन्छ लाश,
हुन्छ सत्यनाश,
केही हुन्न खास।
के रुन्छस् ?
किन हुन्छन् निरास।
हाँस् न हाँस्
तलाइ छोड्दै यो जिन्दगीले। 
खोज्न थाल!
गाँस
बाँस
कपास
न उडिन्नजेल सास,
उडेपछी त,
बन्छ लास।
हुन्छ सत्यनाश। 

उठ उठ।
काममा जुट।
कसैलाई छैन छुट।
गर सकेको काम।
राख आफ्नो नाम।
आफ्नो मुटु छाम।
हरे राम!
जिउँदै छ्स। 
फेर लामो सास।
नयाँ कुरा गर केही खास।
फेरुन्जेल सास।
नमर्दै किन बन्ने लास।
मरेपछि!
गर्दैन कसैले आश।
हुन्न केही खास।
तातो रगत तेसै सेलाउने छ।
हावामा सास बिलाय सरि यो जीवन बिलाउने छ।


हेर,
छोड्दे लोभ।
गर्दे माफ।
अधैर्य,असान्त छ्न सब।
के को मोज, के को रबाफ?
सन्सार  हुन्छ चुपचाप
हुँदा तँ सखाफ।
भएर दुखी आफै
को सग खोज्छ्स के को जवाफ?
एक दिन उड्छ सास।
हुन्छ लाश।
केही छैन खास। 

शान्त पार मन।
कोमल बन झन।
बुझ आफ्नो मन।
सफा राख आफ्नो तन।
खोज केहि घर्तीको ज्ञान, जान्न।
कोसिस गर राम्रो नराम्रो छान्न।
समय कति छ र सक्दैन कसैले भन्न।
दिनले रात कुरे जस्तो
रातले दिन कुरे जस्तो
त कसलाइ कुरिरहेको छ्स?
तँलाइ कस्ले कुरिरहेको छ?

हे राम!
बुझ न बुझ, यो सत्य हो।
उड्छ एक दिन सास।
यतिकै बन्छ लास।
छैन केही खास।
सब सत्यानास।
बन्छ इतिहास।


- सुदर्शन सापकोटा

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...

हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी

हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी  आजकल देशको कुरा धेरै सुनिन्छ। तर देश कहाँ दुखेको छ त्यो कम सोधिन्छ। सबै बोलिरहेका छन्, तर कसैले पनि आफ्नो कुरा ठ्याक्कै भन्न सकेका छैनन्। गरिबी छ भन्छन्, पिछडिएको ठाउँ छ भन्छन्, तर त्यो ठाउँमा को जान्छ? को बस्छ? को जिम्मा लिन्छ? शहरमा युवा छन्। उनीहरू चुप छैनन्, तर उनीहरूको बोली आफ्नो जस्तो पनि देखिदैन। हातमा मोबाइल छ, सूचना धेरै छ, तर बुझाइ गोलमाल जस्तो छ। बोलाइ छ, तर स्पष्ट दिशा देखिदैन। देश बनाउने कुरा गर्ने धेरैका छोराछोरी देशमा छैनन्। सायद त्यसैले देश भविष्य जस्तो होइन, अतीत जस्तो लाग्छ। नयाँ नाम आयो भन्दैमा सबै ठीक हुन्छ भन्ने होइन। न पुरानो थियो भन्दैमा सबै गलत पनि होइन। नयाँ मान्छे समयले चिनिन्छ, नाराले होइन। आजकल लाइक बढेपछि नेता भएको जस्तो लाग्छ। गाली धेरै गरेपछि सही बोलेको भ्रम छ। यहाँ बहस छैन, प्रतिशोध छ। यहाँ प्रश्न छैन, आरोप छ। इतिहास बुझ्ने फुर्सद छैन, तर दोष दिने हतार छ। तैपनि सबै सकिएको छैन। देश अझै बाँचेको छ किनकि सबैले झुटो बोलेका छैनन्। सबैले चुप बसेका छैनन्। राष्ट्रवाद ठूलो स्वर होइन, सानो इमान हो। देश बनाउने सपना भाषणमा होइ...