हिजो बिहान रासुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुर्याएको छ। ज्यान गुमाउनुहुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। बेपत्ता हुनुहुनेहरू सकुशल भेटिनुहोस् भन्ने कामना गर्दछु। खोला किनारामा रहेका घर, पुल, सडक, Hydropower Project component हरु तथा अन्य infrastructure बगाएको कुराले हामि सबैलाई दु:खित बनाएको छ। आखिर यो के कसरि भेएको होला भनि उपलब्ध भिडियो, तस्बिर र Satellite Images हेर्दा Miteri Bridge बाट करिब 20 km upstream, Nepal–China border नजिकको Lhende Khola क्षेत्रमा भएको Ice-Rock/Debris Failure र त्यसपछि बनेको सम्भावित River Blockage/Temporary Debris Lake को अचानक breach सँग यो घटना सम्बन्धित हुनसक्ने देखिन्छ। यसबाट आएको अत्यधिक पानी, ढुंगा, माटो, बरफ र अन्य debris ले तलतिरको नदी प्रणालीमा ठूलो Flood Surge सिर्जना गरेको हुनसक्छ। यसलाई एउटा Cascading Hazard का रूपमा बुझ्नुपर्छ, जहाँ एउटा Geological Event ले अर्को Hazard निम्त्याउँदै अन्ततः ठूलो विपत्तिमा परिणत हुन्छ। यस्तो अवस्थामा पान...
I am waiting for you....you are welcome to my blog.