Skip to main content

बुवाको सम्झना

बुवाको सम्झना 

सबैका बा हुन्छन्,
बा का पनि बा, हजुरबा,
हजुरबा का बा, जिजुबा।
जिजुबा, एक इतिहास वर्तमानको,
जिजुबा जिउँदै देख्नु पनि, सौभाग्य हो।

एक जुनीको चोला हो मान्छे,
एक छोरा,
बुवा,
हजुरबुवा,
अनि जिजुबा हुँदै,
इतिहास बन्छ।

जिजुबाको इतिहास हजुरबुवाले बोक्नुहुन्छ,
हजुरबुवाको इतिहास बा सँग हुन्छ।
बुवाको इतिहास छोरा सँग रहन्छ,
सबै एक, तर अर्को इतिहास बन्ने निरन्तरता जस्तो।
बिरुवा ठूलो हुँदै फैलिंदै जाँदा
फैलिएको हाँगा जस्तै
एउटा छहारी बन्छ बा हरूको इतिहास।

साँचै, बा हरू छहारी जस्तै हुनुहुन्छ,
जिन्दगीका घाम-पानीसँग जुधेर
परिवारलाई छहारी दिनुहुन्छ।
बुवाको छाया हुँदा नै जीवनमा
सुरक्षा र शान्तिको अनुभूति हुन्छ।

तपाईंको बलिदानले बनेको हो हाम्रो बाटो,
तपाईंको पसिनाले बनेको हो हाम्रो माटो।
दुख सहेर पनि हाँस्न सिकाउनु भयो,
तपाईंको मुस्कानमै लुकेको थियो
हामीलाई हौसला दिने बल।

तपाईं हरेक खण्डमा खम्बा झैं अडिग हुनुहुन्थ्यो,
तपाईंको आशीर्वादले नै खडा भएको हो यो जीवन।
तपाईंको काँधमा बसेर देखेका थियौं संसार,
तपाईंको शब्दमा भेटेका हो संस्कार।
तपाईंको प्रत्येक पाइला हाम्रो मार्गदर्शन बनेको छ,
तपाईंको कठोर हातको माया हाम्रो सुरक्षा थियो।

बुवा, तपाईं त नदीजस्तै हुनुहुन्थ्यो,
जहाँ तपाईंका भावनाहरू गहिरा, प्रवाह निरन्तर।
तपाईं हाम्रा लागि अग्निजस्तो तातो,
हावा झैं शीतल, अनि धरतीजस्तो विशाल।

जुनसुकै कठिनाइमा,
तपाईंको छायामा आफूलाई सुरक्षित पाउँथ्यौं।
तपाईंको ममता र तपस्या बिना,
हाम्रो जीवन अधुरो थियो र छ,
तपाईंको अस्तित्वले नै हाम्रो अस्तित्व टेकेको थियो र छ।

जहाँ भए पनि सधैंभरिका लागि तपाईं हाम्रा संरक्षक,
हाम्रो प्रेरणा, हाम्रो आदर्श।
तपाईंको मार्गदर्शनमा अघि बढ्दै,
तपाईंको नाममा उचाइ छुन प्रयास गर्दै,

धन्यवाद, बुवा, तपाईंलाई।
तपाईंको अमर माया र स्नेहलाई।
तपाईंको यो अमूल्य विरासतलाई।
बुवा, तपाईं सधैं अमूल्य हुनुहुन्थ्यो, सधैं रहनुहुनेछ।


-सुदर्शन 

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

पर बाट देशलाई हेर्दा।

परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ  नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर  प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ।  हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...

सत्यको प्रतिबिम्ब

सत्यको प्रतिबिम्ब मैले एना हेरेको छु, जैले हेरेको छु, एना उस्तै छ, स्थिर, मौन, तर म भने बदलिँदै गएको छु। कैले हाँस्ने अनुहार देख्छु आशाको फूल फुल्यो जस्तो, जीवन जितेँ जस्तो, बायुले पनि मलाई सलामी दिए जस्तो। कैले उदास नजर देख्छु हारको भारी बोकेको, नपुगेका सपनाको धुलोमा ढाकिएको, र खोसिएको क्षणहरूको खट्काले छोपिएको। एना मौन रहन्छ, तर मेरो बदलिँदो अनुहारमा उमेरका रेखाहरू कोरिन्छन्, आफ्नै कथा लेखिँदै जान्छन्। मैले एना हेरेको छु, यसले मेरा आँसु पनि देखेको छ, मेरो हाँसो पनि देखेको छ, मेरो मौनतामा लुकेका रहस्य पनि यसले नबोलेरै बुझेको छ। कसैले सम्झेन, तर एना तिमी मेरो साथी छौ, जसले न त झूट देखाउँछौ। न त ढाँट्छौ। न त अरूले जस्तो आश्वासन दिन्छौ। तिमीले आजको म देखाउँछौ, समयको छाप सहित। न भविष्य, न भूत, जस्तो उभिएको छु, त्यस्तै प्रष्ट देखाउँछौ। तर कहिलेकाहीँ लाग्छ, एना बाहिरको अनुहार मात्र देखाउँछ, भित्रको आत्मा भने अझै मौन छ। भित्रका ज्वालाहरू, भित्रका शून्यता, भित्रका अपूर्णताहरू, तिमीले नदेखाएको जस्तो लाग्छ। यतिबेला सोच्छु, यदि एना भित्र घुस्न सकेँ भने, शायद मलाई मेरो वास्तविक स्वरूप भेटिन्छ, शा...