जिन्दगी
कहिले भित्रभित्रै तिमीले खुशी महसुस गर्छौ।
जस्तो घामले हिउँ पग्लाउँछ, त्यस्तै मन हलुका बनाउछौ।
सबै कुरा ठिक जस्तो लाग्छ।
तिमी मुस्कुराउँछौ, साथिभाइ सबैले देख्छ्न।
त्यो मुस्कान अरूमा पनि सर्छ, जस्तो नदीको पानीले किनारका खेतबारि भिजाउछ।
भित्रभित्रै पीडा पनि आउँछ।
आँसुले गाला भिजाउँछ,
अनि खुशी हृदयबाट हरायो जस्तो
सबै कुरा भारी र गाढा लाग्छ,
जस्तो बादलले आकाश ढाकेको छ।
तर पनि फेरि आशाको बीउ फुट्छ जस्तो लाग्छ
बिस्तारै दिन बित्दै जान्छ,
नयाँ दिन आउँछ, खुशी लिएर
तिमी फेरि हास्छै, खुसि हुन्छौ।
र ती हरेक दिनमा तिमी आफुलाइ बुझ्छौ।
अनुभवले नयाँ दृष्टिकोण दिन्छ।
जीवनका रङहरू फरक फरक भए पनि
अन्ततः तिमी स्वीकार्छौ।
यी सबै दिनहरू नै तिम्रो आफ्नै जीवन हुन।
जिवन कुनै काल्पनिक समय होइन।
आखिर ,तिमिले भोगेका हरेक साना साना सुख दु:खको समय नै तिम्रो जिन्दगि हो।
- सुदर्शन
28/12/2025
Comments
Post a Comment