म एक नेपाली युवा हुँ,
पहाड जस्तै उभिएको,
तर भित्र कतै
बगिरहेको छ अस्थिरता।
हावासँगै उड्ने सपना बोकेको छु,
तर खुट्टा अझै
माटोमै अड्किएको छ।
मेरो इतिहास वीरहरूको छ,
तर वर्तमानमा
म आफ्नै लडाइँ लड्दै छु।
सबैले सोध्छन्।
“कहिले सफल हुन्छस्?”
म आफैँलाई सोध्छु,
“म आखिर के खोज्दै छु?”
शहरका गल्लीहरूमा
आफ्नो भविष्य भेट्न खोज्छु,
विदेशको बाटोमा
आफ्नो मूल्य हराउँछु।
म माया पनि गर्छु,
तर डराउँछु,
किनकि यहाँ
सपना भन्दा जिम्मेवारी ठूलो छ।
पैसा कमाउनुपर्छ,
नाम बनाउनुपर्छ,
तर मन भित्रको आवाज भन्छ
“पहिला आफूलाई त चिन।”
कहिलेकाहीँ लाग्छ!
म दुई संसारबीच बाँडिएको छु,
एउटा—परम्परा,
अर्को—आधुनिकताको हावा।
म खोज्दै छु सन्तुलन,
आफ्नो पहिचान,
आफ्नो बाटो।
म एक नेपाली युवा हुँ,
थाकेको छैन,
तर अलमलिएको छु।
तर अझै
मेरो आँखामा आगो बाँकी छ,
कि एकदिन
म आफैँलाई प्रमाणित गर्नेछु
अरूलाई होइन,
आफ्नै आत्मालाई।
म एक नेपाली युवा हुँ,
र म हार मान्ने छैन।
- सुदर्शन
Comments
Post a Comment