Skip to main content

Posts

चुनाव: सही मान्छे चुनौँ।

 सही मान्छे चुनौँ। हिजो अर्कैलाई चुन्यौ.... । अस्थि अर्कैलाई चुन्यौ ... बर्सौँ देखि एउटै सपनामा भुलेर गाउँ गाउँ टोल टोल डुलेर पनि  हामीले अर्कै भनी तिनैलाई चुन्यौ । न हामीले विकास गर्ने लाई चुन्यौ । न हामीले निकास दिने लाई चुन्यौ । त्यही गोल चक्करमा रमाउने अहम् र भ्रष्टाचारमा डुब्नेलाई चुन्यौ । हामी ! धेरै पट्क चुक्यौ अब चुक्न हुन्न!  काम नगर्ने जति कसैलाई चुन्न हुन्न। हामीले खाली नेताकै फोस्रा भाषण सुन्यौ। अनि अरूकै लागी नेता चुन्यौ । चुनावको बेला नेता रुने। चुनाव पछि जनता रुवाउने लाई चुन्यौ। हामी चुक्यौ! पटक पटक अब चुक्न हुन्न।  हो हामी  चुक्यौ धेरै पल्ट  त्यही भयो हाम्रो फल्ट। अहिले भोग्दै छौ त्यसको रिजल्ट अति भो! अब राम्रालाई मात्र चुन्न पर्छ यो पल्ट। अब हाम्रो होइन राम्रोलाई, सडेका होइन पढेकालाई, चुन्न पर्छ। देशको माया गर्नेलाई, देशलाई परेको बेला पछि नपर्नेलाई चुन्नु पर्छ। अब काम नगर्नेलाई त चुनै हुन्न। अनि पछि पछुतो हुन्न। अब, अलि बुझेका, जनतामा रुझेका, आफ्नो ठाउँको लागि गर्ने, देशको लागि लागिपर्ने, जनताको सेवा गर्नेलाई  चुन्न पर्छ।  अब सबैल...

प्रेसर अथवा चाप।

 प्रेसर अथवा चाप। सामान्यतया, बायुमा हुने उच्च तथा निम्न चापले पानी पर्ने कि नपर्ने कुरा गर्छ। जमिनमा पर्ने चापको आधारमा कुनै पनि संरचनाको सन्तुलनको कुरा गरिन्छ।गतिशील जमिनमा आफ्नै  गतिको कारण क्रमिक रूपमा चाप पैदा हुन्छ र अन्ततः उच्च चाप बाट निम्न चाप तिरको बहिर्गमनले गर्दा भुईँचालोको कुरा गर्छ।यसरी हाम्रो ब्राह्मण नै एउटा चापिए सन्तुलनमा रहेको देखिन्छ । यही ब्राह्मणमा एउटा कणको जतिकै अस्थित्त्व रहेको हामी मानिस आफ्नो शरीरको तरलिय तत्त्वको चापलाई बुझ्न नसक्दा वा बुझ्त्यन नखोज्सदा यसले आफ्नो वरिपरिको वातावरणलाई नै बिगारेको कुरा पत्तो पाउँदैनौ। अनि यो चापिए गुणको चाहिँ ब्यक्ती आफू स्वयम् भन्दा अरुले कुरा गरेको पाइन्छ। त्यसैले, हामी सबैले हामि सगभएको तथा वरिपरिका विभिन्न चापिए तत्त्व र यसको संतुलनको अवस्थालाई बुझ्न जरुरी देखिन्छ! 

आखिर यो देश कसले बनाउछ?

कसले बनाउँछ देश? न जवानीलाई भाग गरेर बुढेसकाल शेष रहेकाले बनाऊ छ देश। न त झिसमिसे साँझलाई बिहानीको संन्ग्याँ दिनेले बनाउँछ देश। शव्दजालमा जनतालाई फाल हाल्न लगाउनेले त के बनाउला खै?! सेतो कपालको छुट्टैछनी महत्त्व, किन उ गधालाई नुहाए जस्तो कालो बनाउँछ केश। दुई खुट्टीकला उक्लन धपेडी हुन्छ, फेरि पनि उही मानिस तय गर्छ देश बनाऊने रेस। कामभन्दा कुरै बडी, धरहरामा पनि िलप्ट खोज्छ,चढ्न छोडी सिडी,  अनि कसरी बन्छ देश? अधिकारको मात्र कुरा गरेर कर्तव्य भुलेकाले, पटक पटक प्रधानमन्त्री हुँदा, सम्झन लायक केही नगर्नेले के बनाउला। भइरहेको देशको सिस्टम मात्र बिगार्नेले  अब कसरी देसलाई विकासले सिँगार्ला? आन्दोलन भयो। आन्दोलनले नेता बनायो। पाटी बनायो पाटिले सरकार बनाए मन्त्रीहरू बनाए। मन्त्रीहरूले आफ्नो घर गाडी ठडाए। तर देश बनेन। अब देश कसले बनाउँछ? नागरिकता र नदिमा राजनीति गर्नेले कसरी बनाउला! राजनीतिक धर्म छोडेर धर्ममा राजनीति गर्ने ले त के बनाउला? जातलाई उचाली मतमा खेल्नेले कसरी के बनाउला?  साना साना कुरामा विदेश मुख  ताक्नेले  देशमा उत्पादन ...

म मदहोश छु।

 म मदहोश छु। नसालु देखिने यी आँखा छन्। गल्ती सब यी नै आँखाका हुन्, म त निर्दोष छु । छैन मैले छैन सोमरस पिएको, तैपनि म मधहोश छु ।  बारुली कम्मर  टमक्क मिलेको जिउ डाल मिजासिलो बोली। छैन मैले देखेको कतै म त त्यसै कायल छु।  पानीको थोपा जस्तो जोबन, मरभुमी मय छ यो मन। छैन केही दोष मनको फिका फिका लाग्छन् धक मान्छेका धनको बेचैन मेरो मन, मै सँग आज गयल छ।  पहिलो गाँस मै ढुङ्गा किरिक्क टोक्दा दाँत सिरिङ्ग भए झैँ, तिम्रो खोजीमा लागेका यी नयन  अन्धा हुँदा, छुन पुग्छन् कैले चिसा मन अनि आङै झसङ्ग सीरिंग हुन्छ। बचपन यो मन, त्यसै घायल छ।  यो जोबनको त्यो जवानी सागको मनोवाद  यी आखाहरु मात्र छन् संवादमा। म छैन मातमा। म त निर्दोष छु । छैन मैले छैन सोमरस पिएको,  तैपनि म मदहोश छु।

कालो माथि प्रश्नै प्रश्न।

कालो माथि प्रश्नै प्रश्न। यो रात कालो हो कि आकाश? यी सोच हरू काला हुन कि मान्छे? आखिर कालो के हो? कालो रङ्ग हो कि जिन्दगी? कालो भविष्य हो कि वर्तमान? कि भूत हो कालो? डरलाग्दो केही पो हो कि कालो? कालो मानक हो कि मापन? कि मजाक हो कालो? कालो मन हो कि मोबिल? कालो धन हो कि धन्दा कालो हो? कालो केटा हो कि केटी? कि कालो रङ्ग मात्र हो? रङ्गहरू बिचको मिश्रण हो त कालो? रातो निलो र पहेँलो रङ्ग भेटिन्छ त कालोमा ? कालो के हो त? आँखा चिम्म गर्दा  देखिने कालो चाहिँ के हो? बिचार पनि कालो हुन्छ? प्रकाश र अन्धकार दुबैमा कालो किन लुक्दैन? कालो के हो यस्तो जो लुकाउन गार्‍हो छ? कालो कर्म कालो धर्म कालो सर्म ............ कालो बुज्न गार्हो छ। त्यसैले, कालो तिर भन्दा सफा तिर लागौँ। सफा मन। सफा तन। सफा धन। बनाऊ सबैले। कालो के हो गोरो के हो भन्दै किन गर्नु पर्‍यो भना भन। - सुदर्शन सापकोटा 

बाल गीत

बाल गीत  माथि हेर्दा हिमाल देख्छु बेसी फाँट तल। कति राम्रो हाम्रो देश हुन्छ सधैँ झलमल।  चुरे भन्दा पहाड उँचो, सबै भन्दा हिमाल। हिमाल हाम्रो सान, मन हाम्रो छ विशाल।  धाराको सफा पानी, नदीमा बग्छ सधैँ जल। घिउ बन्छ मोथी दही, तोरी पेल्नलाई  कल।  मकैको हुन्छ ढोड, कोदो टिप्दा बाँकी नल। धान कुट्ने ढिकी, मसलालाई पिस्ने खल।  दाजुलाई दिने मफलर, दिदीलाई  दिने सल। दुख सुख साटौँ मिलेर, बिरुवालाई दिने मल।  ढुङ्गा फोर्ने घन चाहियो हजुर अप्ठ्यारोमा गल। सबै मिली काम गरौँ एकतामा नै छ हाम्रो बल। 

आडम्बरी दृष्टि

एकोहोरो एकनास उ एक चित्र बनाइरहेको छ दिमागमा! उ भनिरहेछ एकोहोरो उ देखिरहेको छ एकोहोरो त्यहि दिमागले आफुले आफैलाइ, म त सहि छु। उ गलत छ। अरु गलत छ्न।   आफ्नो कमजोरी थाहा पाउन उस्को दिमाग्ले छोडिसक्यो। मन त! उस्को आफ्नै एकोहोरो दिमाग्ले मोडिसक्यो। कतै आफ्ना कमजोरी देखिए, त्येही दिमागले रटेका खेस्रा आदर्शले – खुरिखन्ड डाँडाँहरुलाइ हिउँले ढाकेझै ढाकिहाल्छ। उ आफै दङ हुन्छ। उ सधै सोचमा हुन्छ। भनौं उ सधै अप्सोचमा हुन्छ। उज्यालोसँग डराएर आडम्बरको अन्धकारमा रमाएर घामको ताप सग थरथराहट हुँदै चिसा कुन्ठा पग्लने डरले सत्य सग जुद्न पर्दा कामिरहेको हुन्छ। उस्का सोचहरु नदिले बनाएका गहिरा खोच जस्ता छ्न कहिले। त्येहि खोच दायाँ बायाँ ठडियका अग्ला पहाड जस्ता छ्न कहिले। उस्का कमजोर सोचहरु उचो ठाउँ अडिन नसकेर बेला बखत पैरो झै नदिमा पैरिरहन्छ्न। उ आफ्नै गलत सोचले गतल देखिरहेको छ। एकोहोरो झरिरहेको छ पैरो झै, कैले खोलामा कैले बाटोमा। तै पनी रोक्ने प्रयास गरिरहन्छ खोलालाइ माटोले। यति पनि बुझ्दैन खोलाले कहिलै भन्दैन, बाटोले? उ आफुले आफैलाई त भेट्टाउन सकेको छैन। अनि अरुले उछिनेको एकोहोर...