Skip to main content

चुनाव: सही मान्छे चुनौँ।

 सही मान्छे चुनौँ।



हिजो अर्कैलाई चुन्यौ.... ।

अस्थि अर्कैलाई चुन्यौ ...

बर्सौँ देखि एउटै सपनामा भुलेर

गाउँ गाउँ टोल टोल डुलेर पनि 

हामीले अर्कै भनी तिनैलाई चुन्यौ ।


न हामीले विकास गर्ने लाई चुन्यौ ।

न हामीले निकास दिने लाई चुन्यौ ।

त्यही गोल चक्करमा रमाउने

अहम् र भ्रष्टाचारमा डुब्नेलाई चुन्यौ ।

हामी ! धेरै पट्क चुक्यौ

अब चुक्न हुन्न! 

काम नगर्ने जति कसैलाई चुन्न हुन्न।


हामीले खाली नेताकै फोस्रा भाषण सुन्यौ।

अनि अरूकै लागी नेता चुन्यौ ।

चुनावको बेला नेता रुने।

चुनाव पछि जनता रुवाउने लाई चुन्यौ।

हामी चुक्यौ! पटक पटक

अब चुक्न हुन्न। 


हो हामी  चुक्यौ धेरै पल्ट 

त्यही भयो हाम्रो फल्ट।

अहिले भोग्दै छौ त्यसको रिजल्ट

अति भो!

अब राम्रालाई मात्र चुन्न पर्छ यो पल्ट।


अब हाम्रो होइन राम्रोलाई,

सडेका होइन पढेकालाई, चुन्न पर्छ।

देशको माया गर्नेलाई,

देशलाई परेको बेला पछि नपर्नेलाई चुन्नु पर्छ।

अब काम नगर्नेलाई त चुनै हुन्न।

अनि पछि पछुतो हुन्न।


अब,

अलि बुझेका, जनतामा रुझेका,

आफ्नो ठाउँको लागि गर्ने,

देशको लागि लागिपर्ने,

जनताको सेवा गर्नेलाई 

चुन्न पर्छ। 


अब सबैले मतदानले बुझ्न पर्छ।

एक मतले पनि चुनावमा ठुलो अर्थ गर्छ।

हार जित हुन सक्छ।

सही मान्छे पछि पर्न सक्छ।

त्यसैले, आफ्नो मत सही उम्मेदवारलाई दिऊँ।

सही मान्छेलाई मात्र  देश चलाउने चाबी दिऊँ। 


सुदर्शन सापकोटा 

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...

हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी

हल्लाभन्दा बाहिर: सहि प्रश्नको खोजी  आजकल देशको कुरा धेरै सुनिन्छ। तर देश कहाँ दुखेको छ त्यो कम सोधिन्छ। सबै बोलिरहेका छन्, तर कसैले पनि आफ्नो कुरा ठ्याक्कै भन्न सकेका छैनन्। गरिबी छ भन्छन्, पिछडिएको ठाउँ छ भन्छन्, तर त्यो ठाउँमा को जान्छ? को बस्छ? को जिम्मा लिन्छ? शहरमा युवा छन्। उनीहरू चुप छैनन्, तर उनीहरूको बोली आफ्नो जस्तो पनि देखिदैन। हातमा मोबाइल छ, सूचना धेरै छ, तर बुझाइ गोलमाल जस्तो छ। बोलाइ छ, तर स्पष्ट दिशा देखिदैन। देश बनाउने कुरा गर्ने धेरैका छोराछोरी देशमा छैनन्। सायद त्यसैले देश भविष्य जस्तो होइन, अतीत जस्तो लाग्छ। नयाँ नाम आयो भन्दैमा सबै ठीक हुन्छ भन्ने होइन। न पुरानो थियो भन्दैमा सबै गलत पनि होइन। नयाँ मान्छे समयले चिनिन्छ, नाराले होइन। आजकल लाइक बढेपछि नेता भएको जस्तो लाग्छ। गाली धेरै गरेपछि सही बोलेको भ्रम छ। यहाँ बहस छैन, प्रतिशोध छ। यहाँ प्रश्न छैन, आरोप छ। इतिहास बुझ्ने फुर्सद छैन, तर दोष दिने हतार छ। तैपनि सबै सकिएको छैन। देश अझै बाँचेको छ किनकि सबैले झुटो बोलेका छैनन्। सबैले चुप बसेका छैनन्। राष्ट्रवाद ठूलो स्वर होइन, सानो इमान हो। देश बनाउने सपना भाषणमा होइ...