Skip to main content

Posts

कोही कोही त्यसै राम्रा लाग्छन्।

कोही कोही त्यसै राम्रा लाग्छन्। मीठो बोली। रसिलो लबज। सम्मान पूर्ण आवाज। अरू केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। सुरिलो स्वर। मृगृणी चाल। हँसिलो अनुहार। रमाइला रहर। अरू केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। गतिशील बिचार। साधारण जीवन शैली। मायालु व्यवहार। फुर्तिलो स्वभाव। केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। सफा मन। कोमल ह्र्दय। आध्यात्मिक चेत। स्वच्छ आचरण। केही भन्नै पर्दैन.... कोही कोही त्यसै राम्रा लाग्छन्। नरम बोली। मिजासिलो स्वभाव  लोभ्याउने  व्यक्तित्व  गर्बिला कामहरू। केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। देश भक्तिपूर्ण भावना। सुरवीर  सम्मान पुर्न व्यवहार फत्तिलो काम। अरू केही भन्नै पर्दैन  कोही कोही त्यसै राम्रा लाग्छन्। - सुदर्शन सापकोटा  २०७७-०५-२४

लहै.....आँखा...नतरौ।

योग गरौ। ध्यान गरौ नगरौ मध्यपान, नगरौ धुम्रपान। गिता पढौ ज्ञान बाडौ नगरौ हड्बड, नगरौ गड्बड। आखा खोलौ मुख बोलौ। मान्छे चीनौ, बस्तु किनौ।  कता जान्छौं  खोजौ के  जतै झलमल, मनै अलमल। पेट भरी  मन परि  नखानु है खान, मोटाउला नि ज्यान। कुरा काट्दै  मन फाड्दै  किन बस्नु तर्किदै?, माया सर्किदै।  माया गरौ भरमा परौ। मीठो बोलौ, लहै.....आँखा...नतरौ।😊 - सुदर्शन 

क्रान्तिको लागि भुमिगतहुँदै नदिहरु

एउटा यस्तो कल्पना। अजब को कुरा अब साकार हुँदै छ। हिमाल देखि पहाड , पहाड देखि तराइ सम्म। मेची देखि महाकाली एकनासले फैलिरहेको छ। मान्छेहरू चकित हुँदै छन्। नेपालमा फेरि क्रान्ति हुँदै छ। हो! अब ठुलै क्रान्ति होला जस्तो छ। बर्सौँ देखि चुपचाप हिउँदको खडेरी र बर्खाको बाढी सहेर बसेका कैयन नदिहरु अब जुरमुराउनु लागेका छन्। पानीको सालिन्ता र गडगडाहटमा लुकेको शक्ति निस्किँदै छ। हो! अब ठुलै क्रान्ति होला जस्तो छ। क्रान्ति गर्न नदि हरु लागि रहेका छन्। विश्वास गर्नुस्! गाउँ गाउँमा, पूर्व मेची देखि महाकाली, हिमाल देखि तराइ सम्म नदिहरु एका एक भूमिगत हुँदै छ। अब ठुलै कुरा हुन्छ जस्तो छ। नदी नभएको जिल्ला छैन कतै। कति नदिहरु क्रान्तिको लागि भूमिगत हुँदैछन भने धेरै भूमिगतको तयारीमा छन्। पहाडका गर्भ अब पुरै नदिहरुले सिञ्चित हुँदै छन्। हो! अब धेरै कुरा पो हुन्छ जस्तो छ त। साँच्चै नै नदिहरुले नेपालमा कोही राजनीतिकले पार्टी गर्न नसकेको ठुलै क्रान्ति गर्लान् जस्तो पो छ त। अहिले पहाडहरू नदी क्रान्तिको लागि आफ्नो पुरै ज्यान सुरुङ खान्न दिइरहेका छन्। जब यो क्रान्ति सफल हुन्छ नि ठुलै शक्ति देशल...

शब्द

शब्द, एउटै चिज जुन तितो र मीठो लाग्छ। त्यो हो शब्द।..... हुन त न शब्दको स्वाद हुन्छ। न त यसमा रहेका अक्षरको हुन्छ। यो एक माध्यम हो। भाव व्यक्त हो । एउटा तरङ्ग हो। मानिसको भावना सँगै यसरी जोडिएको छ शब्द, मानौ शब्द नै भावना हो। मानिस सानो भईकन पनि आज ठुलो छ। त्यही शब्द हो जसले मानिसलाई ठुलो बनाएको छ। लाखौँ कोष पर पनि मानिस जोडिएको छ। एकान्तमा पनि मानिस शब्दले नै गोडिएको छ। दुरीलाई जोडेको शब्दले शब्दले जोडेको छ भावाना लाइ। पिडामा पनि शब्द, खुसीमा पनि शब्द , शब्दले नै बनाउँछ मानिसलाई स्तब्ध। एउटै शब्द जसले कायल बनाउँछ। फेरि एउटै शब्द जसले घायल बनाउँछ। गीता र वेदका पनि शब्द हुन। बाइबल र कुरानका पनि शब्द हुन् । बुद्धले बोलेका पनि शब्द नै हुन् । म त भन्छु शब्दमा जीवन लुकेको छ। तर पनि मानिस आज किन शब्दमै चुकेको छ।? - सुदर्शन 

माया मलाई मन पर्छ

माया मलाई मन पर्छ। नदिलाई बेग मन परे झै। जाडोलाई घाम मन परे झै। मलाई तिमी अति मन पर्छ। माया गर्नेहरु जोडिदै जनेछ्न। माया नगर्नेहरु छोडिँदै जनेछ्न। माया त आखिर माया हो। माया सबैलाइ मन पर्छ। माया पाउनु पनि भाग्यको कुरा हो। तिम्रो माया पाउनु त झन आहो भाग्य हो। तिमी त मलाइ तेसै मन पर्छ। तिम्रो नयन मन पर्छ। तिम्रो केष मन पर्छ। के भनौ प्रिय तिमी मलाई एसै मन पर्छ। म केही बुझिन भने तिमिलाइ सोध्छु। तिमिले सजिलै बुझाउछौ। जे कुरा पनि तिमिलाइ पहिला बताउछु। तिमी झिजो नमानी सुन्छौ। म कस्तो रामाउछु। म के बोल्छु के कैले मै थाहा पाउदिन। एसो गरे भन्छु उसो गरे भन्छु। एस्तो छ उस्तो छ भन्छु। जे कुरा भएपनी तिमिलाइ नै सुनाउन चहान्छु। तिनी सुन ल। तिमी सग बोल्दा म रमाउछु। तिमी धेरै समय नवोल्दा म किन तेस्तै डराउछु?! थाहा छ म तिमिलाइ कति धेरै मन पराउछु। म त तिम्रै मायामा हराउछु। कराउछु। लर्बराउछु। के भनौ। म तिमिलाइ औधी  मन पराउछु सुजु। - यो सुदर्शन सापकोटा शब्द हो। २०२३/०९/१३

"घाँस"हरु र गधा

फरक घाँसको कथा। इस्कूसमा पढ्दा सम्म घाँस काटियो कति भारी बोकियो। कतै बन्सो काटियो होला। कैले डाले घाँस काटियो। किसिम किसिम को हुने गर्थ्यो डाले घाँस। बडहर चाहिँ दुहुनो गाई भैँसिलाइ मानिन्थ्यो खाँस। घाँस कैले बाख्राहरुलाइ काटियो  कैले गाई बस्तु लाई काटियो। घाँसका भारी बनाइ नाम्लोले बोकियो। थुङ्से भरियो। हरियो घासले धेरै दुध आउने हुन्थ्यो आस। हरियो घाँसमा डियाँको हुन्थ्यो सधै बाँस। अब कुरा गरौ फरक घाँसको, आजकल देखिएको घाँस या, भनौ "घाँस"हरुको.... घाँस आफैमा नराम्रो हुदैन। तर मान्छे घाँस भयो भने चाँही, अजिब लाग्छ। न आफै खान मिल्ने न गाई बस्तुलाइ खुवाउन मिल्ने। कोहि पनि चाहेर घाँस चाँही हुदैन होला। तर नियती, कोहि केही लाई घाँस हुन- भइरहन मनलाग्छ। आजकल घाँस सहरमा बढि पाहिन्छ। यी घाँसहरुलाइ गोठमा लगिदैन। यी घाँस हरु त आफै जान्छ्न, गधाहरु जुनार गर्छ्न। नेताहरु आहार गर्छ्न। कोहि नेता त आफै घाँस हुन्छ्न। अनि अलिकती गोब्र्याउछ्न। तेहि गोबरमा कयन नयाँ घाँसहरु हुर्किन्छ्न। पहिला जस्तो धेरै किसिम को घाँस हुदैन आजकल। सब एकै किसिमका जस्ता हुन्छ्न । एकै किसिमका बस्तु-गधाले खान्छन। यी गधालाई ...

हावा कुरा।

हावा कुरा। हावाले कुरा लगाए छ। त्यसैले पात हाल्लिएको छ। के कुरा हो बुझेन रुखले।  तेसै किन रिसाएको छ। म भन्छु के कुरा गर्नु हावाको। म सग पनि रिसाएको छ। रुख बोलेको बुझेको होइन। म बोलेको रुख बुज्दैन।  हावा चलिरहेको छ।  कुरा बनिरहेकोको छ। उता उ पात हलिरहेको छ । यहाँ बात चलिरहेको छ। हावाले बोलेको कुरा हावाले नै लगिरहेछ  म बुझ्दिन रुख किन रिसाइरहेछ! म भन्छु रुखलाइ त पात भन्दा जरा चाइने हो।  पात झरेर नै रुखले नयाँ पालुवा पाउने हो।  -सुदर्शन 14/12/2023