Skip to main content

हावा कुरा।

हावा कुरा।

हावाले कुरा लगाए छ।
त्यसैले पात हाल्लिएको छ।

के कुरा हो बुझेन रुखले। 
तेसै किन रिसाएको छ।

म भन्छु के कुरा गर्नु हावाको।
म सग पनि रिसाएको छ।

रुख बोलेको बुझेको होइन।
म बोलेको रुख बुज्दैन। 

हावा चलिरहेको छ। 
कुरा बनिरहेकोको छ।

उता उ पात हलिरहेको छ ।
यहाँ बात चलिरहेको छ।

हावाले बोलेको कुरा हावाले नै लगिरहेछ 
म बुझ्दिन रुख किन रिसाइरहेछ!

म भन्छु रुखलाइ त पात भन्दा जरा चाइने हो। 
पात झरेर नै रुखले नयाँ पालुवा पाउने हो। 

-सुदर्शन
14/12/2023

Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

Slope Stability मा Bio-Engineering किन आवश्यक छ?

Slope stability मा Bio-Engineering किन आवश्यक छ?  हामो देश नेपालका पहाडहरू सुन्दर छन्, तर त्यही सुन्दरता हाम्रो पूर्वाधारका निर्माणका लागि सबैभन्दा ठूलो चुनौती पनि हो। भिराला जमिन, कमजोर भू–संरचना, अत्यधिक वर्षा र अव्यवस्थित मानवीय हस्तक्षेपका कारण नेपालमा पहिरो, माटो कटान र सडक अवरोध हरेक वर्ष दोहोरिने समस्या बनेको छ। सडक निर्माणसँगै हुने कटान, blasting र अनियन्त्रित cut-and-fill ले प्राकृतिक सन्तुलन बिगार्दा, धेरै सडक केही वर्षमै जोखिममा पर्छन्। यसले जनधनको क्षतिसँगै विकासको गति पनि अवरुद्ध बनाइरहेको छ। यी समस्याको समाधानका रूपमा हामीले दशकौँदेखि कङ्क्रिट, ग्याबियन र रिटेनिङ वालमा भर पर्यौ। तत्काल देखिने यस्ता संरचनाले केही हदसम्म राहत दिए पनि, दीर्घकालमा उच्च लागत, बारम्बार मर्मत र वातावरणीय असरका कारण ती सधैँ प्रभावकारी साबित भएका छैनन्। यही सीमितताबाट जन्मिएको वैकल्पिक सोच हो Bio-engineering। Bio-engineering भन्नाले जीवित वनस्पतिलाई वैज्ञानिक ढंगले प्रयोग गरी ढलान र माटोलाई स्थिर बनाउने विधि बुझिन्छ। यो कुनै “सजावटी” उपाय होइन, न त civil engineering को प्रतिस्थापन नै हो। बरु, ...

पर बाट देशलाई हेर्दा।

परदेश बाट देशलाई हेर्दा। हाम्रो आफ्नै भुगोल छ। भाषा छ। आफ्नै धर्म छ। देवता छ्न आफ्नै। नभएको त बुझाइ मात्र हो। आफ्नै इतिहास छ। भित्तामा आफ्नै पात्रो छ। गति आफ्नै छ। नभएको त गति तिब्र मात्र हो। सन्सार हेर्नलाई सगरमाथा छ। फेर्नको लागि सफा हावा छ। अन्नको लागि तराइको फाट छ। भिमकाय पहाड छ्न, खानी छ, मुलको पानी छ  नहुनु पर्ने चाँइ हैरानी मात्र हो। आफ्नै गित छ्न संगीत छ्न। गायक छ्न गायिका छ्न। चलचित्र पनि आफ्नै छ्न। हिरो छ्न, हिरोईन छ्न। खड्किन थालेको चाइ आफ्नै कथा हो। हामी सग के छैन? हामीसग हिड्नलाई बाटो छ। पुरानो सभ्यताको पाटो छ। आफैले आर्जेको देशको माटो छ। नहुन पर्ने चाइ जात-धर्मको नाउँमा फाटो हो। हेर्ने हो भने हामी सग पहिला नै धेरै कुरा छ्न। बिधुतको लागि खोला-नदि छ्न। पर्यटनको लागि सुन्दर  प्रकृति छ। सन्तुलित हावा पानी छ। न बनाय हुने भनेको दुत्सित मात्र हो। बिद्यालय छ्न। बिश्वबिद्धालय छ्न। बिध्या पिठ छ्न। बिद्यार्थी छ्न( अहिले सम्म) खड्किएको भनेको देशलाइ चाहिने पाठ्यक्रम र पठन पाठन हो। सानो भूगोल भैकन पनि हाम्रो देश सग धेरै कुरा छ। हिमाल छ।  हिमालमा हिउँ छ( अहिले सम्म) सबै हि...