Skip to main content

Posts

नेतृत्व

नेतृत्व दरबारको छायाँमा उम्रँदैन, यो त गोठको आगोझैँ आफैं बल्छ। हामी प्रत्येकको छातीभित्र एउटा बीउ निदाइरहेको छ कुनै धानको, कुनै गुराँसको, नाम एउटै हो नेतृत्व। भीडले हैन, घामतिर फर्किएको दिशाले रुखको उचाइ नापिन्छ। मानिस कति ठूलो हो उसको पछाडि लागेको खुट्टाको धुलोले होइन, उसले ताकेको क्षितिजले निर्धारण गर्छ। सानो खेत लाज होइन, तर बिउ नछरेको बाँझो मन सबैभन्दा ठूलो हार हो। नसक्ने आकाश बोकेर ढलेको काँधभन्दा, सक्ने पहाड चढेको खुट्टा बलियो हुन्छ। लक्ष्य नदी हो! नभए जीवन थामिएको पोखरी बन्छ। बगिरहेकै पानीले ढुंगा चिर्छ। आत्मविश्वास सुरुमा सानो ज्वाला हो, हावाले निभाउन खोज्छ, तर कामको दाउराले त्यो आगो भट्टी बन्छ। लडाइँ आउँछन्, पहिरो झर्छ, तर बाटो छोड्ने हैन ढुंगामाथि टेक्दै उकालो चढ्ने त्यही नै यात्रा हो। जिम्मेवारी माथि बोकेको डोको हो, अरूलाई थमाएर हलुका बन्न खोज्नु कायरता हो। आफ्नो भार बोक्न सक्ने मान्छे नै भरोसायोग्य हुन्छ। भरोसा पुल हो त्यो बिना कोही पनि तिमीपारि आउँदैन। त्यसैले, आफूलाई दीप बनाऊ, पहिले आफ्नै अँध्यारोमा। नेपालको माटोले त्यही उज्यालोलाई नेतृत्व भन्छ। - सुदर्शन Dec 2025 ...

यो जाडोमा कोठामै बस- बाहिर ननिस्क

यो जाडोमा कोठामै बस- बाहिर ननिस्क।😎 आज कोठामै बस। बाहिर ननिस्क। काठमाडौंको जाडो हिटरभन्दा पहिले हड्डी चिन्छ। यदि चुरोटको धुवाँमै सास टिकेको छ भने घाम खोज्नु हास्यास्पद छ! घाम त कुहिरोको सरकारी फाइलमा अड्किएको छ। बाथरुमसम्म जाऊ, फेरि फर्क। त्यसभन्दा पर आजको शहर तिम्रो लागि ‘अनुमतिपत्र’ माग्छ। ओ, बाहिर ननिस्क। ट्याक्सी नबोलाऊ, मोटरसाइकल नचलाऊ। हर्नको भाषा यहाँ राष्ट्रिय लिपि जस्तो हो, र बाटो सधैं निर्माणाधीन। यदि कोही ढोकामा आयो भने, डेलिभरी हो कि राजनीति, पहिला सोध। ढोकामै रोक र जनाऔ, आज आतिथ्य पनि  बजेट कटमा छ। कोठाभित्रै बस। सिमेन्टको भित्तो र आरामदाइ कुर्चि भन्दा रोचक के छ र? दुधको चिया छ, वाई–फाई छ (कहिलेकाहीँ), र आमाको फोन ‘चिसो छ, ननिस्क’ भन्दै। बाहिर गएर के पाउने? जाममा अड्किएको समय, महँगीको भाषण, र साँझ फर्किँदा उही अनुहार थोरै बूढो, अलिक थाकेको। ओ, कोठाभित्रै बस। स्वेटरमाथि स्वेटर, मोजामाथि मोजा। ढोकाबाहिर ममःको गन्ध छ, भित्र चाहिँ बिलको डर। कोठाभित्रै बस। कोठाले नै तिम्रो पहिचान अपडेट गरोस्। तिमी इन्कोग्निटो हौ। न पद, न प्रोफाइल पिक्चर, सिर्फ चिसोबाट बाँच्न खोज्ने एउटा ना...

फुटेर होइन, जुटेर मात्र नेपाल बलियो हुन्छ।

फुटेर होइन, जुटेर मात्र नेपाल बलियो हुन्छ। नेपाल एउटा सुन्दर देश हो, जहाँ विविधतामै एकता पाइन्थ्यो। हिमाल, पहाड र तराईका बासिन्दा एउटै माटोका सन्तान हुन् भन्ने गर्व थियो। तर आज त्यो एकता धमिलिँदै गएको छ। जुन जुन कुराले नेपाली समाजलाई जोड्थ्यो, त्यही कुरामाथि अहिले विवाद र विभाजन सुरु भएको छ। पहिले दशैं र तिहार सबैको साझा चाड थियो। धर्म, जात र भाषा भन्दा माथि उठेर सबै नेपालीले एकै भावना बाँड्थे। अहिले भने ती चाडहरूलाई पनि फरक दृष्टिले हेरिन्छ। कोही भन्छ  “यो मेरो चाड होइन,” कोही भन्छ  “यो अर्काको संस्कार हो।” यसरी जसले हामीलाई एक बनाउँथ्यो, त्यही चिज विवादको कारण बन्दै गएको छ। त्यस्तै, राजसंस्था हाम्रो राष्ट्रिय पहिचान थियो, जसले नेपालको अस्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो। आज त्यो पनि विवादको विषय बनाइएको छ। समर्थक र विरोधीको नाममा नेपालीबीच दूरी बढाइएको छ। नेताहरूको स्वार्थ र कुर्सीको खेलले देशलाई झन् कमजोर बनाइरहेको छ। हिमालदेखि तराईसम्म फैलिएको पाँच विकास क्षेत्रले देशलाई सन्तुलित बनाएको थियो। तर अहिले भौगोलिक र जातीय विभाजनका नाममा त्यही...

रिसाहा मान्छे उ

उ मान्छेहरूलाई हेप्न खोज्छ। आफू मात्र जान्ने ठान्छ। आफ्नो तालमा नचाउन खोज्छ!  तर अपसोच,सक्दैन  अनि उ रिसाउँछ। खाली अरूको आसा मात्र गर्छ।  आफू केही गर्दैन। फेरि गरिरहे भन्छ। आफूले सोचेजस्तो हुन्न। अनि उ रिसाउँछ। उसलाई चाकडी गर्ने आदत छ। सबै ठाउँमा चाकडी त चल्दैन। परिश्रम गरी खाने मान्छे देख्यो कि। फेरि उ रिसाउँछ। कुरा कट्ने बानी भएपछि कुरा सुन्ने आदत पनि हुने रहिछ। धेरै कुरा खेलाउँदा सही गलत थाहा हुन्न। कुरो बुझिँदैन। आफ्नो कुरा काटेको थाहा पाउँदा। फेरि उ रिसाउँछ। अलि रिसाहा नै भइसक्यो। टप्की टप्की काम गर्छ। स्पष्ट बोल्ने मान्छे देख्यो कि। उसको हंसले ठाउँ छोड्छ। अनि रिसाइ रहन्छ। रिसाउनु त उसको अहिले बानी नै भइसक्यो। हँसाउन कसले सक्ला त ? कप् टिले! घमन्डीले! कुच त्याले। जसले नि हँसाउन सक्छ तर उ आफै भने रिसाइ रहेको हुन्छ। आखिर किन यस्तो? जनता जान्न चाहन्छ!।

कुरा पनि कति काट्न सक्या होला।

कुरा पनि कति काट्नु कसको काट्नु? कति कटिरहनु! दिक्कै भन्या, कै छैन ठिक्क। कतै देख्दिन, कोही देख्दिन ठिक। सब चोर! चोरै चोरको राज छ। निराशा पनि यति भयोकी। अब त यो कोरोना पनि निराशै भएर जाला जस्तो छ। सलह त धेरै टिक्दैन थाहा भइसक्यो। गीत सुन्न मात्र आँको हो भन्ने हल्ला आँको छ।  सूचनाले गर्दा भएको हो यो सब। कोही बोल्नै हुन्न , चाहे जायज हो या नाजायज। समाचार  त बनाइ हाल्छन्।  त्यो मात्र हो र युट्युबमा आउँछ धेरै । कोहीले केही खन्नै हुन्न।  होली वाइन होस या विदेशी वाइन होस। सबले थाहा पाइहाल्छन्। खाने कुरा चाहे घुस हो या घिरौ ला । समाचार बनी हाल्छ।  मान्छेले थाहा पाइहाल्छन्। अनि विरोध त कुरै नगरौँ। फेस बुका!! सब कुरामा अपडेट भैईरहेको छ एउटा जमात। अर्को जमात अपडेट गराइरहेछ। अनि मेलो बनेको छ कुरा को। जनता कुरा काटिरहन्छन्।नेता भनाउँदा कुरा ढाँटिरहेको छ। कति काट्न सक्या? कति ढाँट्न सक्या होला? ..............

को हो साँचो नेपाली?

को हो साँचो नेपाली? को हो त नेपाली?  पहाडको, तराईको कि हिमालको मान्छे? हिन्दु, मुसलमान, किरात कि बौद्ध धर्म अदि मान्ने? धनी कि गरिब, सहर कि गाउँको बस्ने? आखिर साँचो नेपाली को हो? देशैभरि आज विभाजनको रेखा तानिएको छ, जातको नाममा मान्छे छुट्याइन्छ, धर्मको नाममा झगडा गरिन्छ, र राजनीति बनेको छ कुर्सीको खेल। तर नेपाल त त्यही हो , जहाँ हिमालको हावा - तराईमा सास फेर्छ, जहाँ मन्दिरको घण्टी र मस्जिदको अजान एउटै आकाशमा मिसिन्छ। धनीको घरमा बिजुली बल्छ, गरिबको छानामा दियो झिल्किन्छ, तर जब देश संकटमा पर्छ, दुवै हात मिलाएर उभिन्छन् , त्यो नै त साँचो नेपाली हो। साँचो नेपाली त्यो हो , जो अर्काको पीडा बुझ्छ, जो माटोलाई माया गर्छ, जो इमानदार रहन्छ, र देशको नाम उच्च राख्छ। जब हामी सबैले सोच्नेछौं , जात होइन, मान्छे ठूलो हो; धर्म होइन, प्रेम ठूलो हो; पैसा होइन, इमान ठूलो हो; त्यो दिन हामी सबै गर्वले भन्न सक्नेछौं , “हो, म साँचो नेपाली हुँ।” - सुदर्शन सापकोटा  टोखा काठमाडौं  असोज २८ २०८२

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...