एउटा अर्को दृश्य तराईको एउटा गाउँ। बिहानैदेखि आँगनमा चहलपहल छ। बुढी आमाले नातिनीलाई काखमा राखेर तेल लगाइरहेकी छन्। हजुरबा खेततिर जाने तयारीमा छन्। गोठमा गाई कराइरहेको छ। आँगनको डिलमा पाकेका केरा झुन्डिएका छन्। तर छोरी र ज्वाइँ भने सहरमा छन्। नातिनातिनालाई पढाउन भनेर। फोनमा भिडियो कल आउँछ। “हजुरआमा, हाम्रो गाउँको आँप पाक्यो?” “पाक्यो नि बाबु, तिमीहरूका लागि छुट्टै राखेकी छु।” “हजुरबा, यसपालि पनि मलाई खोलामा माछा मार्न लैजानुहुन्छ?” “लैजान्छु नि। तिमी आएपछि।” केही क्षण चुप लागेर बच्चाले सोध्छ, “तर हामी कहिले आउने?” हजुरबाले मुस्कुराउँदै भन्छन्, “छिट्टै आऊ है।” उता आमाले फोन खोस्दै भन्छिन्, “अब पढाइ गर। गाउँ गएर के हुन्छ? यहाँ बसेर पढे पो भविष्य बन्छ।” फोन काटिन्छ। आँगन फेरि सुनसान हुन्छ। हजुरआमाले बच्चाका लागि राखेको आँपलाई हेर्छिन्। हजुरबाले हातमा समातेको माछा मार्ने जाललाई फेरि थन्क्याउँछन्। सायद बच्चाहरूलाई थाहा छैन, उनीहरू गाउँ जान मात्र खोजिरहेका होइनन्। उनीहरू आफ्नो आँगन, हजुरबा–हजुरआमा, माटोको गन्ध, खेल्ने साथी र आफ्नो बाल्यकाल खोजिरहेका छन्। र सहरमा बसेका आमाबुबालाई पनि सायद थाहा...
I am waiting for you....you are welcome to my blog.