Let Them Theory: नेपाली समाजमा यसको अर्थ नेपाली समाजमा हामी धेरैजसो अरूले के भन्लान्, आफन्तले के सोच्लान्, समाजले कसरी हेर्ला भन्ने कुरामा अल्झिरहेका हुन्छौँ। आफ्नो खुसी, निर्णय र जीवनशैलीभन्दा अरूको विचारलाई बढी महत्त्व दिन्छौँ। यही अवस्थामा Let Them Theory ले एउटा सरल तर गहिरो सन्देश दिन्छ— अरूलाई उनीहरूको विचार र व्यवहारअनुसार चल्न देऊ, आफूलाई आफ्नो विवेकअनुसार अघि बढ्न देऊ। कसैले तिम्रो कामको आलोचना गर्छ भने गर्न देऊ। कसैले तिम्रो सफलतामा खुसी मनाउँदैन भने मनाउन नदेऊ। कसैले तिमीलाई गलत बुझ्छ भने सधैँ आफ्नो सफाइ दिँदै नहिँड। सबैलाई खुसी पार्नु तिम्रो जिम्मेवारी होइन। तिम्रो जिम्मेवारी भनेको आफ्नो काम इमानदारीपूर्वक गर्नु, आफ्नो व्यवहार राम्रो राख्नु र आफ्नो बाटोमा अघि बढ्नु हो। नेपालमा कसैले विदेश गएर काम गर्छ भने भन्छन्, “देश छोडेर गयो।” देशमै बस्छ भने भन्छन्, “केही गर्न सकेन।” जागिर खान्छ भने व्यवसाय गर्नुपर्ने सुझाव आउँछ, व्यवसाय गर्छ भने जागिरको स्थिरता सम्झाइन्छ। विवाह गर्छ भने किन गरिस् भन्नेहरू हुन्छन्, विवाह गर्दैन भने किन गरेनस् भन्नेहरू पनि हुन्छन्। अर्थात्, समाजका सबै अपे...
I am waiting for you....you are welcome to my blog.