पुस्तक समीक्षा: मनका कुरा
मनका कुरा : मनका अव्यक्त तरल भावना
लेखक : शारदा सापकोटा
विधा : कविता–सङ्ग्रह
प्रकाशित मिति: २०८२ पुस
प्रकाशन : शब्दार्थ प्रकाशन, काठमाडौं
समकालीन नेपाली कविता वैचारिक विस्तार, प्रयोगशीलता र भावानुभूतिको गहिराइसँग अघि बढिरहेको छ। यही परिवेशमा प्रस्तुत मनका कुरा मनुष्यको अन्तर्मन, स्मृति, प्रेम, पीडा र अस्तित्वका सूक्ष्म तहहरूलाई सरल भाषामा प्रस्तुत गर्ने एउटा उल्लेखनीय कृति हो। लेखकले अनुभूतिका तरंगहरूलाई जटिलता बिना सौम्य, लयात्मक र सिधा रूपमै पाठकका आँखासामु उभ्याएकि छन्।
सङ्ग्रहका अधिकांश कविता मनभित्र उठ्ने अव्यक्त भावनाका प्रतिबिम्ब हुन्। लेखकले आफ्नो बुझाइ अनुसार ,समयको गतिशीलता, बिछोड, अपूर्ण इच्छा, स्मृतिमा बाँचेका अनुहार, कर्म र धर्म, जनजीवनको राजनीति बुझाइ , देश प्रम , जिवन सन्देश ,आदि भवनाहरु समेटने प्रयस गरेको देखिन्छ । वर्षा, आँसु, बाटो, पवन, रङ्ग र शून्यताका छविहरूले कवितालाई दृश्यात्मक बनाउँछन्। कवि आफ्ना द्वन्द्व मात्र बोल्दैनन्, पाठककै अन्तर्यात्रामा प्रवेश गर्छैन । पढिरहँदा कविताले दुःख पनि दिन्छ, उपचार पनि; खोली पनि दिन्छ, थामेर राख्छ।
सरल भाषा मनका कुरा को सशक्त पक्ष हो। अनावश्यक अलंकार वा जटिल संरचना होइन, अनुभवको धार सिधै शब्दमा बगेको छ। छोटा पंक्तिहरूले कहिले कविता, कहिले आत्मकथन, गितलय, कहिले मौन गुनासोको रूप धारण गर्छन्। यही सरल सौन्दर्य कृतिको प्राण हो। यद्यपि विषयगत वैविध्य अझ विस्तृत भएको भए कृतिको आयाम थप फैलिन सक्थ्यो, तर वर्तमान स्वरूपमा पनि यसको भाव–घनत्व प्रशंसनीय छ।
अन्ततः मनका कुरा मनका अवयवहरू खोतल्ने, मौन सुन्न सिकाउने र अनुभूतिलाई शब्दको परिधानमा शान्त तर दृढसँग उभ्याउने पुस्तक हो। प्रेम, जिवन सन्देस, कर्म र धर्म, देश प्रेम, आफुले बचेका समय, हितो पदेश , स्मृतिका टुक्राहरूलाई कविले मोतीझैं पिरोएर पाठकअगाडि राखेकि छन्। यसैले, यो सङ्ग्रह जिवन गन्तव्य अलमलिएका , संवेदनशील भावना बोक्ने , स्कुल र बिधालयका विद्यार्थी र सर मिसहरु को लागि र आफ्नो मनलाई बुझ्न खोज्नेहरूका लागि विशेष गरी सिफारिसयोग्य छ।
- ss
Comments
Post a Comment