सायद सबै मान्छे उस्तै हुन्छन्।
उही सुख–दुःख,
उही मिलन–बिछोड,
उही अघि–पछि,
उही पाउनु–गुमाउनु...
हेर्दाहेर्दै,
भोग्दाभोग्दै,
समयसँगै आफूलाई नै कतै बिर्सिन्छन्।
अनि यही भीडमा,
जहाँ सबैजना केही न केही खोजिरहेका हुन्छन्,
मान्छे फेरि आफैँलाई नै खोजिरहेकै हुन्छ।
सायद जीवन भनेकै यही हो,
आफूलाई हराउँदै जानु
र फेरि आफूलाई नै खोजिरहनु।
-सुदर्शन
Comments
Post a Comment