Skip to main content

पानि जस्तै हामी तल तल मात्र बगिरहेका छौ।किन?!

हामी तल छौं।

हामी माथी उठेनौ।
हाम्रो सोच तल छ।
खोज तल छ।
गाउँ तल छ।
बेसि तल छ।
पहाड पनि तल छ।
देश नै तल छ।
माथी के छ?
आकाश छ!
तारा छ!
के छ माथी?
बिकाशको गति तल छ।
नेतामा बिश्वास तल छ।
सोच पनि तल छ।
इज्जत त झन तल छ।
हामी तल छौ।
माथी  के छ त?
हिमाल!
हिमालमा पनि हिउँको मात्रा तलै छ।
फेरि हाम्रो चाहाना मात्र माथी छ।
सपना माथी छ।
माथी अरुकेही देख्दिन।
कानुन र न्याय तल छ।
युवाहरुको जोश तल छ।
देशको माया तल छ।
कामको इज्जत तल छ।
पानि जस्तै हामी तल तल मात्र बगिरहेका छौ।
किन?!







Comments

Popular posts from this blog

यति भन्न आएको म।

मान्छेले आफू हुर्किंदै जाँदा भोगेका उतारचढावलाई बिर्सन खोजे पनि सक्दैन। सम्झनाले नै मानिसलाई बढी पिरोल्छ। विशेषगरी जुन समाज र भूगोलमा ऊ जन्मियो र हुर्कियो, त्यसको प्रभाव उमेरले करिब पचास वर्ष पुग्दा गहिरो महसुस हुन्छ। यो कसैलाई पाँच वर्ष अगाडि वा पछि पनि सुरु हुन सक्छ। जवान अवस्थामा करिब २५–३० वर्षसम्म, समान्यतय  भविष्यको चिन्तामा पिरोलिन्छ। त्यसपछिका १०–१५ वर्ष उसलाई समाजिक दबाबले बरालिदिन्छ। यो बरालिनु भनेको  जसरी खोला आफैंले बाटो बनाउँदै बग्छ, त्यस्तै हो। जीवनमा अनेक अनुभव मिसिन्छन् , जस्तै खोला बग्दा साना–ठूला खोल्साका पानी मिसिन्छन्। युवा अस्थामा मानिस अलि आवेगसहित बग्छ, तर नयाँ पुस्ता उदाउँदै जाँदा उसको गति स्थिर हुन्छ, आवाज पनि मन्द हुन्छ। खोला जस्तै मानिस जन्मथलोबाट टाढा पुग्छ, तर अझै नजिकै छु भन्ने भ्रममा बाँधिन्छ। जब उमेर ५०–५५ पुग्छ, उसले जीवनभर बेवास्ता गरेका प्रश्नहरूसँग आफैं सामना गर्नुपर्छ। यस उमेरमा मानिस बाल्य र किशोर अवस्थाका सम्झनामा डुब्छ। पुराना साथी भेट्दा अपार खुसी हुन्छ। बिर्सन खोजेका कुरा अझ गहिरो रूपमा मनमा बस्छन्। पुराना कुरामा रमाउनु, गफ गर्नु, यो उ...

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्? नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प...

हाम्रो आँखाको व्यस्तता र मस्तिष्कको मौनता

बिहान आँखा खुलेदेखि नै हाम्रो दिन हेरेर सुरु हुन्छ। मोबाइलमा समय हेर्‍यौँ, समाचार पढ्यौँ, सामाजिक सञ्जाल खोल्यौँ। काममा पुगेपछि कम्प्युटर हेर्‍यौँ। फुर्सद भयो फेरि मोबाइल हेर्‍यौँ। राति सुत्नुअघि पनि मोबाइल नै अन्तिम साथी बन्छ। आँखाले दिनभरि धेरै कुरा देखिरहेका छन्। तर देखेको कुरा बुझ्ने र त्यसबाट आफ्नो विचार बनाउने काम त मस्तिष्कले गर्छ। त्यसैले आजको प्रश्न आँखाको थकानको मात्र होइन, हाम्रो मस्तिष्कले कति समय स्वतन्त्र रूपमा सोच्न पाइरहेको छ भन्ने पनि हो। हामीसँग सूचना पहिलेभन्दा धेरै छ, तर आफ्नै विचारका लागि समय भने कम हुँदै गएको त छैन? सूचनाको यो बाढीले हाम्रो सोच्ने शैली पनि बदलिरहेको छ। एउटा कुरा पढ्न नपाउँदै अर्को सूचना आउँछ। एउटा भिडियो सकिन नपाउँदै अर्को सुरु हुन्छ। हामी एउटा विषयमा गहिरिनुभन्दा अर्को विषयमा छिटो पुग्न अभ्यस्त हुँदै गएका छौँ। कहिलेकाहीँ केही समय चुपचाप बस्दा पनि मोबाइल निकालिहाल्छौँ। तर मस्तिष्कलाई पनि केही खाली समय चाहिन्छ। त्यही समयमा मानिसले देखेका र सुनेका कुरालाई सम्झन्छ, जोड्छ र आफ्नै निष्कर्ष निकाल्छ। सायद आज हामीलाई सूचनाको अभावभन्दा पनि सूचनाबीच सोच्ने ...