Skip to main content

Posts

फुल्छ झर्नलाइ एक दिन हुन्न जीवन।

जीवन के हो? जगतको के छ जानकारी? केका लागि तिमी दौडिरहेको छौ ? बुझौँ केही बुझाऊ सही, जन्म-मृत्युको मात्र हिसाब हेर जैले हुन्छ शून्य। मान्छेको जन्म पाएका छौ गरी जाऊ केही पुण्य। व्यर्थ मर्छौ किन आरिसले , छोड्दैन कालले हेर कसै गरी। आयौ हामी विलय हुनु छ यसै गरी। आउँ रिस राग छोडी घमन्डलाई तोडी! बुझौँ यति, लग्छ समयले तिमिलाई नछोडी, त्यसैले, त्यागौँ लोभ भ्रमको, आदर गरौँ श्रमको। सोच राखौँ सही, मानव धर्ममा रही। बरु आउँ प्रण गरौँ! माया र करुणाको, सद्भाव र सहअस्तिथ्योको बुझौँ आफूलाई जसरी अरूलाई, हामी एउटै हौ सोचौँ सबैको भलाइ। हिजो कोही आयो आज कोही गइरहेछ। वृत्त एउटा हो। घुम्नु छ चक्र जीवनको कोही छिटो घुमिरहेछ कोही ढिला। गति तिम्रो समयको छ नगर अबेला। किन गर्छौ जानेर पनि नजाने जस्तो? छैन हेर जीवन त्यती धेरै सस्तो। त्यसैले, बाडौ माया प्रेम, त्यागै रिस राग-कुन्ठा कसै गरी। नगरी ढिला बनाऊ जीवनलाई अमूल्य यसै गरी। जस्तो गर्‍यौ मिल्छ त्यस्तै फल, कसैलाई छुन्न जीवन। यस्तै सुख दुख बिच फुल्छ झर्नलाई एक दिन हुन्न जीवन। -सुदर्शन सापकोटा 

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय अहिले हामी बर्खाको मध्यतिर छौ । बर्सेनि बर्खाको समयमा लगभग दैनिक जसो साना-ठुला सडक दुर्घटना, बाढी र पहिरोको समाचार सुन्दा आङै सिरिङ्ग हुन्छ। हाम्रो देशको विशेष गरी पहाडी इलाकामा यस्ता सडक दुर्घटनाहरू भइरहेका छन् । सवारी चापका हिसाबले अत्यन्तै व्यस्त मुग्लिङ नारायण घाट सड्क खण्ड चौडा बनाउने क्रममा अव्यवस्थित रूपमा स्लोप कटाइले यस सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । अस्थि  मात्र पनि पहिरोले सवारी साधन नै पुरिएको समाचार आइरहेको थियो । त्यस्तै भर्खरै मात्रै काठमाडौँको सडकमा आकासे पानीको सही निकास नभएकोले सडकमा पानी जमेर एउटा बच्चाले नालिमा परि ज्यानै गुमाउनु पर्यो। विकासको मेरुदण्डको रूपमा रहेको सडक आज किन मृत्युको कारण बनिरहेको छ त ? किन यस्तो भइरहेको छ ?  के हाम्रो लागि सडक विकास बाँदरको हातमा नरिवल जस्तै भएकै हो त ?  यसरी अब्यब्स्थित अव्यवस्थित सडककै कारण देशले आफ्ना नागरिक हरुले ज्यान गुमाइ रहनु परेको अवस्था एकदमै दुखद छ र एउटा सरकारको लागि लाजको कुरा पनि हो । सरकारको मुख्य दायित्व भनेको नागरिकहरू...

मान्छे

मान्छे! कति स्पष्ट छ शब्द! कति स्पष्ट छ अर्थ! सबै प्राणी भन्दा शेर्स्ट मगज भएको मान्छे॥ म मान्छे। तपाई मान्छे। हामी मान्छे। यो पढ्ने मान्छे। यो लेख्ने मान्छे। यो बुझ्ने पनि मान्छे। एउटै रूप मान्छे। तर एउटै रूपमा पनि कति फरक छ मान्छे। एउटै चिज हेराई पनि एउटै, फेरी बुझाई मा फरक छ मान्छे। त्यही बुझाई र अ बुझाइका कारण  मान्छेलाई चिन्छ मान्छे॥ मान्छेले मान्छेलाई किन्छ मान्छे। भिन्न भिन्न भाषा भावना एउटै। भिन्न भिन्न धर्म कामना एउटै। त्यही भावना र कामना भएकाले बाचेको छ मान्छे। बुद्ध मान्छे। हिट्लर मान्छे। आइन्स्टाइन मान्छे। ओबामा मान्छे। लादेन पनि मान्छे। अब त्यो प्रचण्ड पनि त मान्छे। तपाई मान्छे। हामी मान्छे। हेर्नुहोस् यी सबै मान्छे। एउटै खोल भित्र कति फरक छ मान्छे।

Life is going on

Life is going on. I want to stop it. However, it may not be as effective as a river in stopping it. It just flows and ever-flows. Sedimentary hope has been deposited. When it arrived at the flat area, It may also erode if the flow is on a steep slope. Like the river, the boulder part of the problem may change into fine sand on the way. As a result,of strong hope for the river to reach the ocean. OK, let's hope! Every experience of difficulty should lead towards victory!

We just have dream no plans

We just have dreams, no plans! It has been said that initially all dreams are seen as impossible for the dreamer, such as touching the moon, making an atom boom, radio, telephone, computer, and so on, but eventually, human victory over all these unpredictable things. proved that they can do everything in-universe. I have a dream of participating in any world-famous event which is concerned about our nature and natural resources. Through this event, I want to prove that our country is very beautiful and is full of natural resources. We have always listened now, even to the fact that our country has tourism and hydropower potential. Despite this, we have yet to properly utilize such potential power. In this globalization time, without convincing the world and without utilizing natural resources, we can’t develop our country. And how we develop ourselves has no meaning unless we develop our country. Although it is easy to see a dream upon anything, to achieve it is harder than we think. W...

Memories of childhood

I miss the plans that we used to make. I miss eating mango, oranges, and pineapple-like we used to. I miss the condition that we used to run away. I miss the village where I used to live. I miss the way and the jungle where we used to walk. I miss the  Chautara  where we used to rest. I miss the games that we used to play. I miss the village where I used to stay. I miss the school where we used to go. I miss the gossip that we used to do. I miss the teacher who used to teach us. I miss the childhood that I used to have. I miss the school holidays that we used to get. I miss the  mela  that we used to go to. I miss the football matches that we used to announce. I miss the situation that I once had. I miss the  Dashi-Tihar  that we used to celebrate. I miss the D ausi/vailo  where we used to enjoy ourselves. I miss the days that we used to spend. I miss the villagers who we used to have.            ...

जन्म देखि जन्म सम्म।

धेरै पहिलाको कुरा हो। विश्व एउटा थियो। रूपमा, बनोटमा। जमिन एउटा थियो। पानी अर्को भाग थियो। पछि खोइ किन छल्कियो पानी?! एउटै जमिन फुट्न थाल्यो। एउटै महादिप टुट्न थाल्यो। एउटाले अर्कालाई हान्न थाले। सक्नेले त आफूतिर तान्न थाले। पानी माथिको बरफ जस्तै कहिले कता कहिले कता, जमिनका टुक्राहरू सल्बलाई रहे। सलबलाई रहेछन्। आज सम्म पनी! पत्याउनुहोस्! सहि कुरा हो। जब, बिस्तारै! अमेरिका र अफ्रिका टुट्न थाले। चाइना र इन्डिया जुद्धन थाले (अहिलेको जस्तो होइन!) यिनको जुधाई सहन नसकेर, हाम्रो हिमाल जुरुक्क उट्ठयो। हिमाललाई पहाड र तराईले साथ दिए। अनि नेपाल बन्यो! नेपाल भूगोल बनेको हो, मान्छे त बनेकै थिएन! पत्याउनुहोस्! सहि कुरा हो। मान्छे कसले बनायो त? त्यो त म भन्न सक्दिन। सायद, आवश्यकताको सिद्धान्त होला। प्रकृतिको चमत्कार  सम्झनुहोस्। चमत्कार नै बिस्तारै चमत्कारी बन्न थाले। व्यक्ति पछि परिवार, समाज, छेत्र अनि देश बन्यो। कथा लामो छ!! यसै क्रममा  बुद्ध देखि हिट्लर जन्मिए। ज्ञान देखि विज्ञान जन्मियो, र पनि! शान्ति सँगै  युद्ध जन्मियो। बिस्तारै नेपाल देश बन्यो। तपाई नेपाली...