Skip to main content

Posts

बाल गीत

बाल गीत  माथि हेर्दा हिमाल देख्छु बेसी फाँट तल। कति राम्रो हाम्रो देश हुन्छ सधैँ झलमल।  चुरे भन्दा पहाड उँचो, सबै भन्दा हिमाल। हिमाल हाम्रो सान, मन हाम्रो छ विशाल।  धाराको सफा पानी, नदीमा बग्छ सधैँ जल। घिउ बन्छ मोथी दही, तोरी पेल्नलाई  कल।  मकैको हुन्छ ढोड, कोदो टिप्दा बाँकी नल। धान कुट्ने ढिकी, मसलालाई पिस्ने खल।  दाजुलाई दिने मफलर, दिदीलाई  दिने सल। दुख सुख साटौँ मिलेर, बिरुवालाई दिने मल।  ढुङ्गा फोर्ने घन चाहियो हजुर अप्ठ्यारोमा गल। सबै मिली काम गरौँ एकतामा नै छ हाम्रो बल। 

आडम्बरी दृष्टि

एकोहोरो एकनास उ एक चित्र बनाइरहेको छ दिमागमा! उ भनिरहेछ एकोहोरो उ देखिरहेको छ एकोहोरो त्यहि दिमागले आफुले आफैलाइ, म त सहि छु। उ गलत छ। अरु गलत छ्न।   आफ्नो कमजोरी थाहा पाउन उस्को दिमाग्ले छोडिसक्यो। मन त! उस्को आफ्नै एकोहोरो दिमाग्ले मोडिसक्यो। कतै आफ्ना कमजोरी देखिए, त्येही दिमागले रटेका खेस्रा आदर्शले – खुरिखन्ड डाँडाँहरुलाइ हिउँले ढाकेझै ढाकिहाल्छ। उ आफै दङ हुन्छ। उ सधै सोचमा हुन्छ। भनौं उ सधै अप्सोचमा हुन्छ। उज्यालोसँग डराएर आडम्बरको अन्धकारमा रमाएर घामको ताप सग थरथराहट हुँदै चिसा कुन्ठा पग्लने डरले सत्य सग जुद्न पर्दा कामिरहेको हुन्छ। उस्का सोचहरु नदिले बनाएका गहिरा खोच जस्ता छ्न कहिले। त्येहि खोच दायाँ बायाँ ठडियका अग्ला पहाड जस्ता छ्न कहिले। उस्का कमजोर सोचहरु उचो ठाउँ अडिन नसकेर बेला बखत पैरो झै नदिमा पैरिरहन्छ्न। उ आफ्नै गलत सोचले गतल देखिरहेको छ। एकोहोरो झरिरहेको छ पैरो झै, कैले खोलामा कैले बाटोमा। तै पनी रोक्ने प्रयास गरिरहन्छ खोलालाइ माटोले। यति पनि बुझ्दैन खोलाले कहिलै भन्दैन, बाटोले? उ आफुले आफैलाई त भेट्टाउन सकेको छैन। अनि अरुले उछिनेको एकोहोर...

गरिब झन् गरिब हुँदै छन्

सेती नदिएको दाइने किनारामा रहेको बझाङ जिल्लाको झोता बजार बाट लगभग दुई किलोमिटर कालोपत्रे हुँदै सडक माथिल्लो तटमा आइपुग्दा आकासिएका पहाडहरू देखिन्छ। नदिएको दाइने किनारा बाट एउटा गोरेटो बाटो नागबेली चालमा पहाड चढ्छ। अनि हामी त्यो नागबेली गोरेटो उकालो बाटो नछुटाई जाने हो भने लगभग १.५ घण्टाको मध्यम हिँडाइमा पहाडको मध्य भागमा रहेको एउटा निकै पिछडिएको गाउँ पुगिन्छ।  विकास र  सुविधाको हिसाबले हेर्ने हो भने वरिपरि बस्तीको दाँजोमा झोता बजार निकै राम्रो छ। बिजुली, पानी, सड्क, स्कुल, खेतीयोग्य जमिन, घरायसी किनमेल गर्न पसलहरू आदि राम्रो छन्। तेहि झोता बजार नजिक रहेको त्यो गाउँमा कुनै विकासका आयोजनाको आँखा अहिले सम्म पुगेको छैन। न खाने पानी राम्रो छ, न बिजुली छ , न सड्क छ, शिक्षाको अवस्था नाजुक देखिन्छ। सरसफाइको चेत अझै निम्न छ। गाउँ सम्म जाने गोरेटो बाटो पनि धरापपूर्ण छ। मानिसहरू एक्ला हुँदै छन्, घरहरू रित्तिँदै छन्। तन्नेरीहरू धेरै सहर पसेकाछ्न्न , कोही भारत/खाडि मुलुक पसेकाछ्न। बुढा बा आमा र साना बच्चाहरू मात्र देखिन्थे।  गरिब झन् गरिब हुँदै छन्। त्यही गरिबी देखाएर केही...

Geological Hazard and Perceptions at the Local Level: A Example From Bajhang Nepal

The district of Bajhang in Nepal shows some interesting examples of how local communities perceive and respond to geological hazards. Case-1 A house has been built on a part of a landslide body without any protection measures. This highlights the lack of awareness and understanding of the potential risks associated with building in landslide-prone areas. Case-2 Rapid erosion of the river bank has led to the destruction of cultivated land. In an attempt to protect their land, the local community has constructed riverbank protection structures. This highlights their recognition of the problem and efforts to mitigate the effects of erosion, but it also suggests a lack of understanding of the underlying causes of erosion and the need for long-term sustainable solutions. Case-3 As a result of a recent flood and debris on the Seti River's left bank tributary, two house foundations have been exposed to the sky, and a suspension bridge foundation has been damaged. This highlights...

सुरुङ्गहरु बन्नु पर्छ।

सुरुङ्गहरु बन्नु पर्छ।   नदिलाई कैले दायाँ पार्दै  कैले बायाँ पार्दै  एउटा पथ बिकासको  हिडिरहेको छ।  सुरुङ्ग!  कतै कोमल त कतै कडा चट्टान  फोर्दै, छिचोल्दै  एउता बाटो बनिरहेको छ। सुरुङ्ग!  यहाँ अब!  उज्यालो आकाश हेर्न छोडेर,  बिकासको उज्यालो भबिस्य कोर्न। एक हुल कर्म योद्धाहरु लागिपरेका छ्न बनाउन। सुरुङ्ग! पहाडका घुमैरा बाटाहरु घुम्दै। छोटो बाटो बनाउन  कै लागि  अर्को उपाय खोजिरहेका छ्न - दिमागहरु। उपाय भेटिरहेछ-सुरुङ्ग ! पानी खोलामा बगेको बगै छ। खेतका फाँटहरु बाँझा छ्न। त्येही बाँझा तिर्खाएका खेतहरु  तृप्त तुल्याउन, खनिदै छ। यहाँ सुरुङ्ग ! एउटा पहाड छेडेर अर्को पहाडमा तिर्खाएका मनुवाहरुलाइ पानी पिलाउन पनि  यहाँ! बन्दै छ। सुरुङ्ग।  कयौं शक्तिसाली हाम्रा नदिहरु। आफ्नो शक्ति परिवर्तन गर्न, भुमिगत हुदै  सुरुङ्ग बाट निक्लदै छ्न। त्यही परिवर्तती नदिको शक्ति हाम्रो उर्जा बनेको छ। त्येही भएर नदि भुमिगत गर्न पनि  बनिरहेका छ्न- सुरुङ्ग ! हो अब अझ धेरै,  सुरुङ्ग बन्नु पर्छ। सुरुङ  बनाउन पर्छ। यो गाउँ...

TOP GEOPHYSICAL METHODS USED IN THE INVESTIGATION OF HYDROPOWER PROJECTS

 Electricity Resistivity Tomography (ERT) Resistivity contrast occurs in the subsurface between, for example, dry and water-bearing sediments, differing rock lithology, and differing weathering histories. Using an electrical apparatus with two current electrodes, one a source and the other a sink, and two potential electrodes, a depth electrical profile can be measured when the electrode spacing is progressively expanded. The field between the electrodes is distributed only near the surface when the spacing of the electrodes is close but the electrical flux flows deeper when the electrodes are further apart. The flux will crowd into the more conductive layers and will rarefy in the more resistive layers. The potential at the surface will reflect these path differences and will provide a data set for which an electrical profile model of the subsurface can be calculated. Seismic Refraction Tomography (SRT) Seismic refraction maps contrast in seismic velocity – the speed at which seis...

निराशावादी किन ?

निराशावादी तिम्रा दृष्टिहरू प्रदूषित भइसके, तिमी देख्दैनौ केही स्वच्छ मन तिम्रा फोहोरी भइसके, तिमी देख्दैनौ केही सुन्दर तिमी कुरूप, तिम्रो मन कालो तिमी देख्छौ केवल चारै तिर स्वार्थको जालो गर्दैनौ तिमी केही आफै खुट्टा तान्छौ अरूको हरपल बिलौना मात्र गल्ती तिमी अरूको देख्छौ। आफू पानीमा बसेर ओभानो  हुन खोज्छौ। तिमी सारै नै छौ। तिमी गाह्रो नै छौ। सजिलो बन्न नसके पनि सरल त बन्न सक्छौ नि?  यो कुण्ठा के का लागि? यो रिस कसका लागि? यो आसाबादी जिविन मा निराशावादी तिमी किन?