Skip to main content

Posts

भुमी मात्र हाम्रो चासो हो कि जनता पनि?

भुमी मात्र हाम्रो चासो हो कि जनता पनि? इन्डियाले जबरजस्त नेपालको सुदूर पश्चिमी भूभागमा मोटर बाटो खनिबरी उद्घाटन गरेको छ। दैनिक जसो समाचार र सामाजिक सञ्जालमा हाम्रो सुतिरहेको देश भक्ति निद्रा बाट झल्याँस्स बिउँझे जस्तो गरी उठिरहेको देखिरहेछु। सरकार पनि यो विषयमा बोलिरहेको जस्तो देखिन्छ। इतिहासकारहरू आफ्ना खोज र बुझाइहरूँ विभिन्न मध्यम बाट पस्किरहेका छन् ।  यो पिस्ठ्भुमिमा केही जिज्ञासा/प्रश्नहरू मनमा उठेका छन्। १)लिम्पियाधुरा, नागी, कुटि, कलाप नि गाउँका बसिन्दाहरुले नेपाल सरकार बाट के पाएका छन् त? उनीहरूमा नेपाली रास्टियता कस्तो छ? रास्टियता जगाउन के गरेको छ सरकारले? २) यदि यो नेपालको भूमि हो भनी सुगौली सन्धिमा छ भने हामी आफ्नो देशको नक्सामा  यस लाइ अटाउन किन सकेनौ? किन आनाकानी गरिरहेका छौ? ३)हाम्रा  कुन कुन नेताले त्यो भूभागका मान्छेको प्रतिनिधित्व गर्छन्? त्यो भूभागका मान्छेको चुनावमा भोट हाल्न पाए त?  ४) हामीलाई देश मात्र चाहिएको हो कि जनता नि? हाम्रो सरकारलाई त्यहाँका जनता के खान्छन् ? के भन्छन् नेपाल को बारे? नेपाल सरकारले त्यहाँका जनता प्रतीक कर्तव्...

म लेख्दै छु बिपनामा।

म एउटा गित लेख्छु। मेरो जिन्दगिको। म बस्छु। म उठ्छु,  हिड्छु। म डौडिन्छु। आज पनि डौडिरहेको छु। म देख्छु भबिस्य, मेरो कल्पनाको। म सोच्छु। म सुन्छु, म बोल्छु। म गम्छु म रम्छु। आज पनि म देखिरहेको छु। आँखा खोल्छु।  दिन जाग्छ। आँखा चिम्लिदा रात भाग्छ। हो म लेख्छु मेरो कथा। म भन्छु एक दिन मेरो बेथा।  म आफै पड्छु मन मनै मेरो गाथा।  आज पनि पढिरहेको छु। म फेरि लेख्छु। कबिता मेरो सपनाको। म उडेको म लडेको। यो धर्ती भित्र म गडेको। सगरमाथा पनि मै चडेको। म सुतेको हु वा बिउँझेको। म कबिता लेखिरहेछु मेरै सपनाको। म घुम्छु सन्सार ! सन्सार पनि आफै घुमिरहेको छ। दिन रात सघै एक साथ  देख्छु, मान्छे आफै घुमेको बार बार। कैले मन्दिर कैले समुन्द्र को तिर। के होला कसो होला मनमा प्रस्न छ्न हजार। घुमेको सन्सारमा फेरि हामी घुमेको के होला सार? म सोद्छु प्रश्न। आफै सग। म दिन्छु उत्तर आफैलाइ। म जन्मे म हुर्के, हो सबै हुर्के। अहिले पनि हुर्किरहेका छ्न। जो हिजो थियो आज उहीँ छैन। हो आज छ भोलि यहि हुदैन। सबै आउछ्न सबै जान्छ्न। जाँदैछन....आउदै छ्न। यहि बिचमा म छु। म सोघ्छु। म किन छु? कता छु। आउदै छु वा...

कोही कोही त्यसै राम्रा लाग्छन्।

कोही कोही त्यसै राम्रा लाग्छन्। मीठो बोली। रसिलो लबज। सम्मान पूर्ण आवाज। अरू केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। सुरिलो स्वर। मृगृणी चाल। हँसिलो अनुहार। रमाइला रहर। अरू केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। गतिशील बिचार। साधारण जीवन शैली। मायालु व्यवहार। फुर्तिलो स्वभाव। केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। सफा मन। कोमल ह्र्दय। आध्यात्मिक चेत। स्वच्छ आचरण। केही भन्नै पर्दैन.... कोही कोही त्यसै राम्रा लाग्छन्। नरम बोली। मिजासिलो स्वभाव  लोभ्याउने  व्यक्तित्व  गर्बिला कामहरू। केही भन्नै पर्दैन... कोही कोही त्यसै राम्रा लाग्छन्। देश भक्तिपूर्ण भावना। सुरवीर  सम्मान पुर्न व्यवहार फत्तिलो काम। अरू केही भन्नै पर्दैन  कोही कोही त्यसै राम्रा लाग्छन्। - सुदर्शन सापकोटा  २०७७-०५-२४

लहै.....आँखा...नतरौ।

योग गरौ। ध्यान गरौ नगरौ मध्यपान, नगरौ धुम्रपान। गिता पढौ ज्ञान बाडौ नगरौ हड्बड, नगरौ गड्बड। आखा खोलौ मुख बोलौ। मान्छे चीनौ, बस्तु किनौ।  कता जान्छौं  खोजौ के  जतै झलमल, मनै अलमल। पेट भरी  मन परि  नखानु है खान, मोटाउला नि ज्यान। कुरा काट्दै  मन फाड्दै  किन बस्नु तर्किदै?, माया सर्किदै।  माया गरौ भरमा परौ। मीठो बोलौ, लहै.....आँखा...नतरौ।😊 - सुदर्शन 

क्रान्तिको लागि भुमिगतहुँदै नदिहरु

एउटा यस्तो कल्पना। अजब को कुरा अब साकार हुँदै छ। हिमाल देखि पहाड , पहाड देखि तराइ सम्म। मेची देखि महाकाली एकनासले फैलिरहेको छ। मान्छेहरू चकित हुँदै छन्। नेपालमा फेरि क्रान्ति हुँदै छ। हो! अब ठुलै क्रान्ति होला जस्तो छ। बर्सौँ देखि चुपचाप हिउँदको खडेरी र बर्खाको बाढी सहेर बसेका कैयन नदिहरु अब जुरमुराउनु लागेका छन्। पानीको सालिन्ता र गडगडाहटमा लुकेको शक्ति निस्किँदै छ। हो! अब ठुलै क्रान्ति होला जस्तो छ। क्रान्ति गर्न नदि हरु लागि रहेका छन्। विश्वास गर्नुस्! गाउँ गाउँमा, पूर्व मेची देखि महाकाली, हिमाल देखि तराइ सम्म नदिहरु एका एक भूमिगत हुँदै छ। अब ठुलै कुरा हुन्छ जस्तो छ। नदी नभएको जिल्ला छैन कतै। कति नदिहरु क्रान्तिको लागि भूमिगत हुँदैछन भने धेरै भूमिगतको तयारीमा छन्। पहाडका गर्भ अब पुरै नदिहरुले सिञ्चित हुँदै छन्। हो! अब धेरै कुरा पो हुन्छ जस्तो छ त। साँच्चै नै नदिहरुले नेपालमा कोही राजनीतिकले पार्टी गर्न नसकेको ठुलै क्रान्ति गर्लान् जस्तो पो छ त। अहिले पहाडहरू नदी क्रान्तिको लागि आफ्नो पुरै ज्यान सुरुङ खान्न दिइरहेका छन्। जब यो क्रान्ति सफल हुन्छ नि ठुलै शक्ति देशल...

शब्द

शब्द, एउटै चिज जुन तितो र मीठो लाग्छ। त्यो हो शब्द।..... हुन त न शब्दको स्वाद हुन्छ। न त यसमा रहेका अक्षरको हुन्छ। यो एक माध्यम हो। भाव व्यक्त हो । एउटा तरङ्ग हो। मानिसको भावना सँगै यसरी जोडिएको छ शब्द, मानौ शब्द नै भावना हो। मानिस सानो भईकन पनि आज ठुलो छ। त्यही शब्द हो जसले मानिसलाई ठुलो बनाएको छ। लाखौँ कोष पर पनि मानिस जोडिएको छ। एकान्तमा पनि मानिस शब्दले नै गोडिएको छ। दुरीलाई जोडेको शब्दले शब्दले जोडेको छ भावाना लाइ। पिडामा पनि शब्द, खुसीमा पनि शब्द , शब्दले नै बनाउँछ मानिसलाई स्तब्ध। एउटै शब्द जसले कायल बनाउँछ। फेरि एउटै शब्द जसले घायल बनाउँछ। गीता र वेदका पनि शब्द हुन। बाइबल र कुरानका पनि शब्द हुन् । बुद्धले बोलेका पनि शब्द नै हुन् । म त भन्छु शब्दमा जीवन लुकेको छ। तर पनि मानिस आज किन शब्दमै चुकेको छ।? - सुदर्शन 

माया मलाई मन पर्छ

माया मलाई मन पर्छ। नदिलाई बेग मन परे झै। जाडोलाई घाम मन परे झै। मलाई तिमी अति मन पर्छ। माया गर्नेहरु जोडिदै जनेछ्न। माया नगर्नेहरु छोडिँदै जनेछ्न। माया त आखिर माया हो। माया सबैलाइ मन पर्छ। माया पाउनु पनि भाग्यको कुरा हो। तिम्रो माया पाउनु त झन आहो भाग्य हो। तिमी त मलाइ तेसै मन पर्छ। तिम्रो नयन मन पर्छ। तिम्रो केष मन पर्छ। के भनौ प्रिय तिमी मलाई एसै मन पर्छ। म केही बुझिन भने तिमिलाइ सोध्छु। तिमिले सजिलै बुझाउछौ। जे कुरा पनि तिमिलाइ पहिला बताउछु। तिमी झिजो नमानी सुन्छौ। म कस्तो रामाउछु। म के बोल्छु के कैले मै थाहा पाउदिन। एसो गरे भन्छु उसो गरे भन्छु। एस्तो छ उस्तो छ भन्छु। जे कुरा भएपनी तिमिलाइ नै सुनाउन चहान्छु। तिनी सुन ल। तिमी सग बोल्दा म रमाउछु। तिमी धेरै समय नवोल्दा म किन तेस्तै डराउछु?! थाहा छ म तिमिलाइ कति धेरै मन पराउछु। म त तिम्रै मायामा हराउछु। कराउछु। लर्बराउछु। के भनौ। म तिमिलाइ औधी  मन पराउछु सुजु। - यो सुदर्शन सापकोटा शब्द हो। २०२३/०९/१३