असारको मास छ।
गरा काल्ला अनि अलिमा घाँस छ।
रोपाई छ भोलि पन्छाउनै पर्ने,
काम गारो भए पनि मनमा धेरै आस छ।
भोलिको रोपो पछि धान फल्नेछ।
बारी साफा भयो भने मेलो राम्रो चल्नेछ।
पानी पनि पुग्ला कि नपुग्ला जम्मा एउटा मूल छ।
रोपाइ को सबैलाई चटारो हली-गोरु पानी अन्योल छ।
घाम पनि कस्ता चर्का ।
भोलि पार्छ कि के हो मर्का!
गरै भरी भूवानै भुवान ......।
कसरी पो पुग्ला पानी छैन ठुलो मुहान।
असारको मास छ।
गरा काल्ला अनि अलिमा घाँस छ।
कोदालो पनि कस्तो छ भुत्तो.......।
पानी पनि उस्तै फोहोर डर, लागला भनी लत्तो।
माटो मोलिलो बनाउन न त छ मल न त छनै जुत्तो।
कसरी पो रोप्ने हो धन!?
अन्धालाई हात्ती भयो भित्तो।
असारको मास छ।
अलिकति आस छ।
घरको छानो भरि पनिकै राज छ।
त्यै छानो मुनि आफ्नो एउटा बास छ।
कुराकानी खास छ।
असार को मास छ।
परे पानी खेत पनि रोपौला।
उड्ने चरिलाई डोकाले छोपौला।
- सुदर्शन सापकोटा (२०६९-०३-२७)
Good Going Bhanje
ReplyDelete