Skip to main content

Posts

सकरात्मक सोच ।

हामी आफ्नो जीवनकालमा धेरै पटक भन्ने गर्छौ, सुन्ने गर्छौ जीवनमा सफलता प्राप्त गर्नको निम्ती सपना देख्नु जरुरी हुन्छ!"उदेश्य के लिनु उडी छुनु चन्द्र एक" भनेर कवि लक्ष्मी प्रसाद देवकोटाले यही कुरा इङीत गर्न खोजेका हुन! चन्द्रमा छुने चाहना गर्नेले कमसेकम समयको एउटा बिन्दुमा सपना देख्नु जरुरी हुन्छ! यहाँ निन्द्रामा देखिने सपनाको कुरा गरिरहेको छैन मैले! उसो भए यो सपना के हो त?? प्रख्यात अणु बैज्ञानीक अब्दुल कलाम भन्छन " सपना त्यो होइन जो निन्द्रामा देखिन्छ, सपना त त्यो हो जसले सपना देख्नेको निन्द्रा खोस्छ"! सपना त्यो हो जुन वर्तमानमा घटिरहेको हुँदैन, तर पनि घटिरहेको महशुस गराउछ! अनी त्यो प्राप्तिको सम्भावनाको सन्केत गराउछ र त्यस निम्ती उक्साउछ! यहाँ प्रश्न उठ्न सक्छ जीवनमा सफल हुने सपना त सबैले देख्छन तर किन सबै सफल हुँदैनन? तर वास्तविकता त्यस्तो हुँदै होइन! जोसँग सकारात्मक सोच हुँदैन उसले त सपना देखेकै हुँदैन!उसले केवल अरुको सफलता देखेर सो प्राप्तिको कल्पना मात्र गरिरहेको हुन्छ! मतलव उ अरु कसैको साकार भएको सपनाको चाहना मात्र गरिरहेको ह...

मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने,नेपाल मेरो देश कसरी भयो?

मेरो हरेक कृयाकलापमा नेपालीपन झल्किन्न भने, नेपाल मेरो देश कसरी भयो? कारण बिभिन्न होलान्, बाध्यता अनगिन्ति हुन सक्छन, स्वार्थ हजार होलान् अनि मान्छे को तुलनिय स्वभावले हजार प्रतिस्पर्धी चाहना उब्जाएका होलान् जस्ले मलाई मेरो वास्तविक् पहिचान बाट टाढा टाढा राख्न बिशाल दिवार झै खडा उभिएर रोकेको अचानक महसुस गराउछ! एस्तो महसुस हुनु कति ठीक वा कति बेठिक; अन्तहिन तर्क होलान्, फेरी पनि एस्तो महसुस हुनु मात्र पनि त हरेक तर्कको जबाफ हो! जानि नजानि मैले गाली गरें देश लाई, मेरो देश किन ऊन्नतिको सिखर मा पुग्न सकेन, सगरमाथा को चुचुरो चुम्न सकेन सम्मुन्नतिको ऊचाइमा!तर थाहा पाये यी सबै मह्सुस गराउने त फेरी पनि तुलना नै कारक रहेछ! अनी अझ पर सोचे र महसुस भयो मैले त म भएर तुलना गरेकै होइन रहेछु!मसँग को पराइत्व भाब ले म सँग नै तुलना गर्दै अनि मलाई नै गिज्याउदै गरेको महसुस गरे र आँफैलाई धिक्कारे; म आफुलाई नै मेरो दृष्टि बाट हेर्न सक्दिन भने मेरो देश लाई मेरो रआफनत्व को दृष्टि बाट कसरि हेर्ने होला र हेरी रहेको हुला? अनी फेरी देशले यो दिएन, त्यो दिएन भनेर अशन्तुस...

एक दिन उड्छ सास, हुन्न केही खास।

एक दिन उड्छ सास, हुन्न केही खास। एक दिन उड्छ सास, बन्छ लाश, हुन्छ सत्यनाश, केही हुन्न खास। के रुन्छस् ? किन हुन्छन् निरास। हाँस् न हाँस् तलाइ छोड्दै यो जिन्दगीले।  खोज्न थाल! गाँस बाँस कपास न उडिन्नजेल सास, उडेपछी त, बन्छ लास। हुन्छ सत्यनाश।  उठ उठ। काममा जुट। कसैलाई छैन छुट। गर सकेको काम। राख आफ्नो नाम। आफ्नो मुटु छाम। हरे राम! जिउँदै छ्स।  फेर लामो सास। नयाँ कुरा गर केही खास। फेरुन्जेल सास। नमर्दै किन बन्ने लास। मरेपछि! गर्दैन कसैले आश। हुन्न केही खास। तातो रगत तेसै सेलाउने छ। हावामा सास बिलाय सरि यो जीवन बिलाउने छ। हेर, छोड्दे लोभ। गर्दे माफ। अधैर्य,असान्त छ्न सब। के को मोज, के को रबाफ? सन्सार  हुन्छ चुपचाप हुँदा तँ सखाफ। भएर दुखी आफै को सग खोज्छ्स के को जवाफ? एक दिन उड्छ सास। हुन्छ लाश। केही छैन खास।  शान्त पार मन। कोमल बन झन। बुझ आफ्नो मन। सफा राख आफ्नो तन। खोज केहि घर्तीको ज्ञान, जान्न। कोसिस गर राम्रो नराम्रो छान्न। समय कति छ र सक्दैन कसैले भन्न। दिनले रात कुरे जस्तो रातले दिन कुरे जस्तो त कसलाइ कुरिरहेको छ्स? तँलाइ कस्ले कुरिरहेको छ? हे राम! ...

सोच उही: त्यो यो .....तेरो मेरो

 यो त्यो ....तेरो मेरो। यसैमा अल्झिएको सेरोफेरो। फेरिएको समय..... निरन्तर बगेको खोला, अनि यसमा पोखिरहेको पानी। त्यही पानी जस्तै निराकार यो चोला....मान्छेको! रातोमा रातो। तातोमा तातो। जस्तो भाँडो उस्तै....! दृश्टि भ्रम नभए जस्तै, फेरि किन लाग्नुहोला दुरुस्तै। अनुत्तरित सयै प्रश्न...। अस्पष्ट कैयन उत्तर । अन्योलपूर्ण कालमा पनि , मान्छेको सोच उही । उही! त्यो यो .....तेरो मेरो।

Underground Excavation Methods

The method of excavating underground can be achieved through drilling and blasting, which involves the use of controlled explosives to break rock for excavation. This technique is commonly used in mining, quarryings, and civil engineering projects, such as the construction of dams, tunnels, or roads. The process involves drilling holes into the rock, filling them with explosives, detonating them, removing the rubble, and reinforcing the tunnel surface. There are various types of explosives used, with different compositions and performance properties, depending on the rock's hardness. Another method of underground excavation is the use of tunnel boring machines (TBMs), also known as moles. These machines are designed to excavate tunnels with a circular cross-section through various soil and rock strata, ranging from hard rock to sand. TBMs can be designed to excavate non-circular tunnels as well. The advantages of using TBMs include limiting ground disturbance, producing a smooth tu...

पानि जस्तै हामी तल तल मात्र बगिरहेका छौ।किन?!

हामी तल छौं। हामी माथी उठेनौ। हाम्रो सोच तल छ। खोज तल छ। गाउँ तल छ। बेसि तल छ। पहाड पनि तल छ। देश नै तल छ। माथी के छ? आकाश छ! तारा छ! के छ माथी? बिकाशको गति तल छ। नेतामा बिश्वास तल छ। सोच पनि तल छ। इज्जत त झन तल छ। हामी तल छौ। माथी  के छ त? हिमाल! हिमालमा पनि हिउँको मात्रा तलै छ। फेरि हाम्रो चाहाना मात्र माथी छ। सपना माथी छ। माथी अरुकेही देख्दिन। कानुन र न्याय तल छ। युवाहरुको जोश तल छ। देशको माया तल छ। कामको इज्जत तल छ। पानि जस्तै हामी तल तल मात्र बगिरहेका छौ। किन?!

हाम्रो धन हाम्रो संस्कार !

हाम्रो धन हाम्रो संस्कार ! पुजा गर्नु वर पिपल पारी सनिवारको दिन। चौतारिमा आराम गरौ मिलाएर एक छिन। तुलसीको पानी खानु राम्रो, धरमै राखौ मोठमा। गौमाताको पनि सेवा गरौ गएर कतै गाईगोठमा। शुद्ध हुन्छ शरिर लिने गरे गोरस हाम्रो खानामा। सकिदैन यसको फाइदा लेखेर यो सेतो पानामा। कुस पनि चाहिन्छ,लगाउनु पर्छ गरा कान्लामा। कर्म गर्दा समाउ पर्छ कुसपनि सबैको सल्लामा। शिवजिलाइ मन पर्छ चडाउँदा तीन पाते बेलपत्र।   पुजा गरौ सिवजिको सके बस्ने गरौ उनकै व्रत। पारिजात फुले पछि आयो झै लाग्ने दशौँ ठूलो चाड। मखमली फुल फुल्दा लाग्छ, आयो झै तिहार चाड। कति राम्रो देख्छ, हेरै! हरियाली खेतीपाती बारिमा। जस्ले जे भने पनि नरिहरुलाइ राम्रो देख्छ सारिमा। गंगा को सिर हिमाल हो, छ्न धेरै हाम्रो देशमा पनि। गंगालाइ नै देख्छु म शिव भगवानको केशमा पनि। बसेका छ्न भोले बाबा बगमती किनारमा रमाइ। मुक्तिनाथको बास छ हाम्रो देशको सिरानमा थमाइ। यहि धर्तिमा जन्मेका छ्न माता जानकी र बुद्ध। ध्यान, धर्म, र कर्मले मात्र हुन्छ हाम्रो जीवन शुद्ध।