यो त्यो ....तेरो मेरो।
यसैमा अल्झिएको सेरोफेरो।
फेरिएको समय.....
निरन्तर बगेको खोला,
अनि यसमा पोखिरहेको पानी।
त्यही पानी जस्तै निराकार यो चोला....मान्छेको!
रातोमा रातो।
तातोमा तातो।
जस्तो भाँडो उस्तै....!
दृश्टि भ्रम नभए जस्तै,
फेरि किन लाग्नुहोला दुरुस्तै।
अनुत्तरित सयै प्रश्न...।
अस्पष्ट कैयन उत्तर ।
अन्योलपूर्ण कालमा पनि ,
मान्छेको सोच उही ।
उही! त्यो यो .....तेरो मेरो।
Comments
Post a Comment