रसुवागढि - भोटेकोशी - त्रिशुलिमा गेग्राया सहित को उच्च बाढि ( हिमालयन सुनामि) को घटनाले साँच्चै हामिलाइ चिन्तित बनाएको छ।
बाढी आउनु प्राकृतिक घटना हो। तर बाढीपछि सडक र पुल बग्दा उद्धारका लागि चाहिने जनशक्ति , उपकरण र आवश्यक logistics नै घटनास्थलसम्म समयमै पुग्न नसक्ने अवस्था हुनु अझ चिन्ताको विषय हो र भएको छ।
हाम्रो देशको भूगोल, कमजोर पहाडी ढलान, हिम नदीको शक्ति र बदलिँदो प्राकृतिक जोखिमलाई हामीले अझ गम्भीरतापूर्वक बुझ्न जरुरी छ। यो न पहिलो घटना हो, न अन्तिम हुनेछ।
त्यसैले अब:
१. वास्तविक Geological र Natural Hazard बुझेर योजना बनाऔँ।
२. वैकल्पिक पहुँच र आवश्यक उद्धार उपकरणको पूर्वव्यवस्था गरौँ।
३. प्रत्येक संवेदनशील आयोजनामा व्यवहारमै लागू हुने आकस्मिक कार्ययोजना र नियमित अभ्यास गरौँ।
मेरो सम्बन्धित निकायहरूलाई के आग्रह छ भने: यस्ता घटना भएपछि मात्र प्रतिक्रिया जनाउने होइन, आजैदेखि जोखिम पहिचान, पूर्वतयारी र उद्धार क्षमतामा ठोस सुधार गरौँ।
आज भोटेकोशीमा बिपत्ति आयो , भोलि अर्को ठाउँ हुन सक्छ। हामीले अर्को विपद् पर्खेर सिक्ने होइन, अहिले नै सिकेर तयारी गर्नुपर्छ।
#बालेनसाह PMO Nepal
Comments
Post a Comment