Skip to main content

Posts

आफ्नै आमा माथी प्रश्न नगरौं।

विचारहरू धेरै छन्।  हुन पनि सक्छन्। कहानी जे पनि बनाउन सकिन्छ। तर जे पनि मान्न सकिँदैन। तपाईँको इतिहास सुरुमा आमा सँग जोडिएको छ। बा पनि तपाईँ इतिहास सँग हुनुहुन्छ। बा आमाको इतिहास हजुरबा आमा सँग जोडिएको छ। हाम्रा पुर्खाहरू नै हाम्रा इतिहास हुन।  हाम्रा पुर्खाहरू जोडिएको भूगोल हो यो। हाम्रा पुर्खाहरूले जोडेको भूगोल हो यो। अझ भनौँ, तपाईँ यो भूगोल सँग जोडिनु भएको छ। तपाईँको समाज,  संस्कृति सँग जोडिएको छ। संस्कृति तपाईँको जीवन सँग जोडिएको छ। तपाईँ जस्तै म पनि भूगोल- संस्कृति सँग जोडिएको छु। जीवन हाम्रो सरल नै छ। अनि इतिहास पनि। हामीहरू शाखा नदि जस्तै हौ।  हामी जोडिने मूल नदिमा नै हो। मूल नदी भनेको देश हो। इतिहास नदि को हुन्छ। जसरी मूल नदिको पानी कुन शाखाको हो भन्न सकिँदैन । यसको छुट्टै अस्तित्व हुन्छ। जस्तो विभिन्न भाषा संस्कृति र जातहरू मिलेर छुट्टै देश बनेको हुन्छ।  हाम्रो देश नेपाल जस्तै। त्यसैले हाम्रो इतिहास बुझौँ। बुझाऔँ। हाम्रो इतिहास अरूले भनेको जस्तो होइन।  म कसको छोरा- छोरी हुँ भनेर अरूलाई सोध्ने होइन। आफ्नै बा आमालाई ...

खाने मान्छे

सुन्नुहोस्। आज म परिचय गराउँछु उसको जो खान आतुर हुन्छ। त्यो हो, खाने मान्छे! समाजमा खाने मान्छे धेरै छन्। कोही कुरा लगाएर खाने। काम नगर्ने कुरा सुनेर खाने, किसान र उपभोक्ता बिच बसेर खाने। हाकिमको चाप्लुसी गरेर खाने। चोक चोकमा गफ हानेर खाने। कोही साखिल्ला बनेर खाने। बिचार गरेर तर दाउ हेरेर खाने। कोही फेरि अरूको खोइरो खनेर खाने। पदमा पुगेपछि पावर देखाएर खाने। खाने मान्छेको कमी छैन यहाँ। कोही चाहिँ घरमा घुर्की लगाएर खाने। साथी भाइ बिच फुर्ती लगाएर खाने। खान चैँ खाइरहने। औधी माया गर्छु भन्नेले पनि "मुटु" खाएका छ्न। जता गए नि केही नखाई, कसैले केही कामै गर्दैन। सरकारमा बसेका हुन या समाजमा खाने मान्छे जताततै  छन्। यस्तै खाने मान्छेहरूले गर्दा, साँच्चै गरिखाने मान्छेलाई चाहिँ गाह्रो छ। -सुदर्शन 

सिन्दुपल्चोकको लिदि गाउँमा पहिरो किन गयो ?

सिन्दुपल्चोकको लिदि गाउँमा पहिरो किन गयो ?  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदि गाउमा बि.सं. २०७२ को भुकम्प लगतै ५ बर्ष अगाडि साथिहरु सघै म पनि पुगेको थिए। यो गाऊमा शुक्रबार बिहान करिब ६ बजे आएको पहिरोले निकै दुखित तुल्यायो। खास्मा यो ठाउमा पहिरो किन गयो त र यसको समाधान के हुन सक्छ भनेर धोत्लिदा निम्न कुराहरु हुन सक्ने लागेको छ।  फोटोः कान्तिपुर (फोटोः ५ बर्ष अगाडिको ) लिदि गाउँमा पहिरो किन गयो त?  बि.सं. २०७२ को भुकम्प जाँदा यो ठाउँमा ठुला र लामा चिराहरु जमिनमा देखिएका थिय। भिरालो जमिनमा यसरी  चिरा पर्दा बर्खाको पानि सतह बाट नबगी जमिन भित्र पसेर यस ठाउँको माटो झन खुकुलो बानायो र का लान्तरमा पानीको बललाइ थेग्न नसकी जनिम भासिनगहि पहिरोको रुप लियो।  मुख्य कारण त बार्खाको भल पाानिको सहि निकास नपाउदा यो पहिरो गएको हुन पर्छ। यस्तै पहिरो गाउको अर्को ठाउँ बाट पनि जान सक्छ। (चिराहरु, फोटोः ५ बर्ष अगाडिको) समाधान के हुन सक्छ त? पहिलो उपाय त जोखिम युक्त ठाउबाट बस्ति सार्नु नै हो। दोस्रो समाधान भनेको बर्खाको पानिलाई सहि निकास दिनु नै हो। यो कसरि सकिन्छ त? सुरुमा यस ठाउँ...

म त बूढो भएछु।

म त बूढो भएछु। आँखा मेरा धमिला भए अक्षरहरू हेर्छु भन्दा। म त थाक्छु औँला भाँची आफ्नै उमेर गन्दा। गोरेटोमा हिँडेका यी गोडाहरू लुला भए त्यसै। कति हिँडियो जवान हुँदा सझना आउँछ यसै। बन पाखा खेत वारि उकाली र उराली गर्दै गर्दा। कति जोस थियो ज्यानमा ठुला घाँस भारी सार्दा।  सम्झना नै हुने रहेछ आफ्नै जीवन ज्यान बूढो हुँदा।  कमलो हुने रहिछ मन, सारै दुःख लाग्ने कोही रुँदा। जमाना फेरियो के-के देखियो के-के आफ्नै कालमा। हिँडेरै काठमाडौँ आएको म, उडेर जान्छु विदेशमा। महिनौँ लाग्थ्यो एक चिठ्ठी पनि पाहुँन र पठाँउन कतै। अहिले त हेर्छु फोटो कुरा गर्छु, छ मोबाइल यतै कतै। २०७७-०४-२६ (यो कविता मान्छे बुढो हुँदा मनमा आउने मनोभावलाई अन्दाज गरी लेखिएको हो।)

फुल्छ झर्नलाइ एक दिन हुन्न जीवन।

जीवन के हो? जगतको के छ जानकारी? केका लागि तिमी दौडिरहेको छौ ? बुझौँ केही बुझाऊ सही, जन्म-मृत्युको मात्र हिसाब हेर जैले हुन्छ शून्य। मान्छेको जन्म पाएका छौ गरी जाऊ केही पुण्य। व्यर्थ मर्छौ किन आरिसले , छोड्दैन कालले हेर कसै गरी। आयौ हामी विलय हुनु छ यसै गरी। आउँ रिस राग छोडी घमन्डलाई तोडी! बुझौँ यति, लग्छ समयले तिमिलाई नछोडी, त्यसैले, त्यागौँ लोभ भ्रमको, आदर गरौँ श्रमको। सोच राखौँ सही, मानव धर्ममा रही। बरु आउँ प्रण गरौँ! माया र करुणाको, सद्भाव र सहअस्तिथ्योको बुझौँ आफूलाई जसरी अरूलाई, हामी एउटै हौ सोचौँ सबैको भलाइ। हिजो कोही आयो आज कोही गइरहेछ। वृत्त एउटा हो। घुम्नु छ चक्र जीवनको कोही छिटो घुमिरहेछ कोही ढिला। गति तिम्रो समयको छ नगर अबेला। किन गर्छौ जानेर पनि नजाने जस्तो? छैन हेर जीवन त्यती धेरै सस्तो। त्यसैले, बाडौ माया प्रेम, त्यागै रिस राग-कुन्ठा कसै गरी। नगरी ढिला बनाऊ जीवनलाई अमूल्य यसै गरी। जस्तो गर्‍यौ मिल्छ त्यस्तै फल, कसैलाई छुन्न जीवन। यस्तै सुख दुख बिच फुल्छ झर्नलाई एक दिन हुन्न जीवन। -सुदर्शन सापकोटा 

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय

बर्खामा सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय अहिले हामी बर्खाको मध्यतिर छौ । बर्सेनि बर्खाको समयमा लगभग दैनिक जसो साना-ठुला सडक दुर्घटना, बाढी र पहिरोको समाचार सुन्दा आङै सिरिङ्ग हुन्छ। हाम्रो देशको विशेष गरी पहाडी इलाकामा यस्ता सडक दुर्घटनाहरू भइरहेका छन् । सवारी चापका हिसाबले अत्यन्तै व्यस्त मुग्लिङ नारायण घाट सड्क खण्ड चौडा बनाउने क्रममा अव्यवस्थित रूपमा स्लोप कटाइले यस सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । अस्थि  मात्र पनि पहिरोले सवारी साधन नै पुरिएको समाचार आइरहेको थियो । त्यस्तै भर्खरै मात्रै काठमाडौँको सडकमा आकासे पानीको सही निकास नभएकोले सडकमा पानी जमेर एउटा बच्चाले नालिमा परि ज्यानै गुमाउनु पर्यो। विकासको मेरुदण्डको रूपमा रहेको सडक आज किन मृत्युको कारण बनिरहेको छ त ? किन यस्तो भइरहेको छ ?  के हाम्रो लागि सडक विकास बाँदरको हातमा नरिवल जस्तै भएकै हो त ?  यसरी अब्यब्स्थित अव्यवस्थित सडककै कारण देशले आफ्ना नागरिक हरुले ज्यान गुमाइ रहनु परेको अवस्था एकदमै दुखद छ र एउटा सरकारको लागि लाजको कुरा पनि हो । सरकारको मुख्य दायित्व भनेको नागरिकहरू...

मान्छे

मान्छे! कति स्पष्ट छ शब्द! कति स्पष्ट छ अर्थ! सबै प्राणी भन्दा शेर्स्ट मगज भएको मान्छे॥ म मान्छे। तपाई मान्छे। हामी मान्छे। यो पढ्ने मान्छे। यो लेख्ने मान्छे। यो बुझ्ने पनि मान्छे। एउटै रूप मान्छे। तर एउटै रूपमा पनि कति फरक छ मान्छे। एउटै चिज हेराई पनि एउटै, फेरी बुझाई मा फरक छ मान्छे। त्यही बुझाई र अ बुझाइका कारण  मान्छेलाई चिन्छ मान्छे॥ मान्छेले मान्छेलाई किन्छ मान्छे। भिन्न भिन्न भाषा भावना एउटै। भिन्न भिन्न धर्म कामना एउटै। त्यही भावना र कामना भएकाले बाचेको छ मान्छे। बुद्ध मान्छे। हिट्लर मान्छे। आइन्स्टाइन मान्छे। ओबामा मान्छे। लादेन पनि मान्छे। अब त्यो प्रचण्ड पनि त मान्छे। तपाई मान्छे। हामी मान्छे। हेर्नुहोस् यी सबै मान्छे। एउटै खोल भित्र कति फरक छ मान्छे।