Skip to main content

Posts

नेपालको यातायात विकास: भूगोल अनुसारको राष्ट्रिय रणनीति अपनाउने बेला

नेपाल अहिले पूर्वाधार निर्माणको तीव्र चरणमा छ। मध्यपहाडी लोकमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग, काठमाडौं–तराई/मधेश द्रुतमार्ग, नागढुंगा सुरुङ, सिद्धबाबा सुरुङ, जयनगर–जनकपुर रेल र प्रस्तावित पूर्व–पश्चिम रेलमार्ग, यी सबै अहिले राज्यको प्राथमिकतामा छन्, र यसले विकासप्रतिको आकांक्षा पनि देखाउँछ। तर यति हुँदाहुँदै एउटा प्रश्न भने अझै त्यति गम्भीरतापूर्वक सोधिएको छैन: यी योजनाहरू साँच्चै नेपालको भूगोलसँग मेल खान्छन् त? हाम्रो विकास बहस अझै पनि "कति किलोमिटर सडक बन्यो" भन्ने हिसाबकिताबमै अल्झिएको छ। तर असली प्रश्न त्यो होइन। असली प्रश्न हो, "देश कति दिन सुरक्षित रूपमा चलायमान रह्यो?" किनभने हिमाल, पहाड र तराई तीनवटै एउटै भूगोल होइनन्, र एउटै डिजाइन, एउटै नीतिले तीनैतिर उत्तिकै काम गर्दैन। पहिलो कुरा त, हामीले आफ्नै भूगोल राम्ररी बुझ्नुपर्छ। हिमाल भूकम्पीय र जलवायु परिवर्तनको मारमा परिरहेको उच्च जोखिमको क्षेत्र हो। पहाड सबैभन्दा जटिल र पहिरोप्रति संवेदनशील छ। तराई समथर छ, कृषि र उद्योगका लागि अनुकूल छ, र रेल विकासको स्वाभाविक थलो पनि यही हो। यसैले अब नेपालले ...

प्रकृतिसँगको संघर्ष होइन, सहकार्य आवश्यक छ

नेपाल अहिले विकासको एउटा महत्वपूर्ण चरणमा छ। सडक विस्तार भइरहेका छन्, जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन्, नयाँ शहर र बस्तीहरू विस्तार भइरहेका छन्। देशको आर्थिक विकासका लागि यी पूर्वाधारहरू अपरिहार्य छन्। तर विकासको यही यात्रामा हामीले एउटा आधारभूत प्रश्नलाई अझै पर्याप्त प्राथमिकता दिन सकेका छैनौँ—के हाम्रो विकास नेपालको भू–प्राकृतिक वास्तविकता बुझेर भइरहेको छ? हरेक वर्ष मनसुन सुरु भएपछि नेपालमा उस्तै दृश्य दोहोरिन्छ। कतै पहिरोले राजमार्ग अवरुद्ध हुन्छ, कतै बाढीले पुल र सडक बगाउँछ, कतै नदी किनारका बस्तीहरू जोखिममा पर्छन्। केही दिनसम्म हामी उद्धार, राहत र क्षतिको विवरणमा केन्द्रित हुन्छौँ। तर विपद् कम भएपछि फेरि उही जोखिमयुक्त क्षेत्रमा उही शैलीको विकास प्रक्रिया दोहोरिन्छ। यही चक्रले देखाउँछ कि हामी अझै पनि विपद्को मूल कारण समाधानभन्दा बढी घटनापछि प्रतिक्रिया दिने संस्कृतिमा अड्किएका छौँ। हामी प्रायः यस्ता घटनालाई “प्राकृतिक विपत्ति” भनेर मात्र व्याख्या गर्छौँ। तर भू–वैज्ञानिक दृष्टिकोणबाट हेर्दा धेरैजसो विपत्ति केवल प्रकृतिको कारणले हुँदैनन्। प्राकृतिक प्रक्रिया र मानव गत...

नदी, सागर र जीवन

नदी, सागर र जीवन कहिल्यै सोच्नुभएको छ, नदी किन निरन्तर बगिरहन्छ र सागर किन शान्त देखिन्छ? नदीको यात्रा जन्मदेखि नै सुरु हुन्छ। हिमालको काखबाट निस्किएर ऊ हजारौँ मोड पार गर्छे, ढुङ्गा छिचोल्छे, पहाड काट्छे र निरन्तर अगाडि बढिरहन्छे। उसलाई कतै पुग्नु छ, केही प्राप्त गर्नु छ। त्यसैले ऊ कहिल्यै रोकिँदैन। तर सागर फरक छ। ऊ विशाल छ, गहिरो छ र शान्त छ। उसलाई कतै पुग्नु छैन, किनकि सबै नदीहरूको अन्तिम गन्तव्य नै सागर हो। नदीले जुन ठाउँमा पुग्न आफ्नो सम्पूर्ण जीवन खर्च गरिरहेकी हुन्छे, सागर त्यहीँ पहिलेदेखि नै अवस्थित हुन्छ। त्यसैले उसमा हतार हुँदैन, बेचैनी हुँदैन। मानिसको जीवन पनि नदी र सागरजस्तै छ। हामीमध्ये धेरैजना केही न केही खोजिरहेका हुन्छौँ! धन, पद, प्रतिष्ठा, सफलता वा खुसी। हामीलाई लाग्छ, यी सबै प्राप्त भएपछि मात्र जीवन पूर्ण हुनेछ। त्यसैले हामी निरन्तर दौडिरहेका हुन्छौँ। एउटा लक्ष्य पूरा भएपछि अर्को लक्ष्य देखिन्छ। एउटा चाहना पूरा भएपछि अर्को चाहना जन्मिन्छ। यसरी जीवन नदीझैँ बगिरहन्छ। तर कहिलेकाहीँ हामीले आफैँलाई सोध्नुपर्छ, आखिर हामी के खोजिरहेका छौँ? के हामीले खोजेको शान्ति बाहिर कतै छ,...

विश्व शान्ति र मानव कल्याणका लागि 'वसुधैव कुटुम्बकम्' को आधुनिक सान्दर्भिकता

विश्व शान्ति र मानव कल्याणका लागि प्रविधिको नयाँ दिशा: 'वसुधैव कुटुम्बकम्' को आधुनिक सान्दर्भिकता आजको २१औं शताब्दीमा मानव सभ्यता इतिहासकै सबसे बढी चेतनामूलक र प्राविधिक रूपमा सम्पन्न युगमा आइपुगेको छ। तर, विडम्बना के छ भने, जति-जति प्रविधिको विकास हुँदै गइरहेको छ, त्यति नै विश्वमा असुरक्षा, अविश्वास र युद्धको छाया पनि गहिरिँदै गएको छ। एकातिर आर्टिफिसियल इन्टेलिजेन्स र अत्याधुनिक विज्ञानले असम्भव कुरालाई सम्भव तुल्याउँदै लगेका छन् भने, अर्कोतिर साइबर टेररिज्म, घातक हतियारहरूको होडबाजी र आणविक प्रविधिको दुरुपयोगले सिङ्गो मानव जातिकै अस्तित्वमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। ​यस्तो जटिल वैश्विक परिस्थितिमा पूर्वीय दर्शनको शाश्वत नारा 'वसुधैव कुटुम्बकम्' को मर्मलाई आत्मसात् गर्नु आजको अनिवार्य आवश्यकता बनेको छ। ​शक्ति प्रदर्शनको होड र मानवतामाथिको संकट:  आज विश्वका शक्तिशाली मुलुकहरू राष्ट्रिय सुरक्षा र शक्तिको सन्तुलन मिलाउने नाममा विनाशकारी हतियारहरूको खरिद-बिक्री र अनुसन्धानमा अरबौं डलर खर्च गरिरहेका छन्। साइबर हमला र प्रविधिको हतियारकरणले गर्दा संसारका साना तथा...

हामी शून्यमा शून्य सरि हराउँदै जानेछौँ!

हामी शून्यमा शून्य सरि हराउँदै जानेछौँ! तर त्यो हराउनु कुनै एकैचोटिको घटना होइन, यो त दिनदिनै बिस्तारै हुँदै जाने प्रक्रिया हो, जसरी घामले छायाँ छोट्याउँछ, जसरी पानीले ढुंगा घिसार्दै लैजान्छ। बिहान उठ्दा हामी उही हुँदैनौँ जो हिजो सुत्दा थियौँ, केही सपना छुटेका हुन्छन्, केही आशा भाँचिएका, र केही नयाँ डरहरू थपिएका। हामी बाँचिरहेका हुन्छौँ, तर बिस्तारै घटिरहेका पनि हुन्छौँ। सहरका भीडहरूमा हिड्दा, हजारौँ अनुहारबीच आफ्नो अनुहार छुट्ट्याउन गाह्रो हुन्छ। सबैलाई केही न केही बन्ने हतार छ, तर कसैलाई आफू को हो भन्ने फुर्सद छैन। यहाँ मानिसहरू जिन्दगी बाँचिरहेका छैनन्, उनीहरू जिन्दगी धानिरहेका छन्। हामीले बनाएका सम्बन्धहरू पनि कति अस्थायी हुन्छन् कसैसँग वर्षौँको साथ, अनि एकदिन एक सानो गलतफहमीले सबै चुपचाप टुट्छ। न आवाज हुन्छ, न कुनै अन्तिम शब्द, बस सम्झनाहरूको एउटा थाक बाँकी रहन्छ। घरहरू ठूला हुँदै जान्छन्, तर मनहरू साँघुरा। मोबाइलमा हजारौँ नम्बर हुन्छन्, तर आपत पर्दा फोन गर्ने एक जना पनि हुँदैन। हामी जोडिएका छौँ नेटवर्कमा, तर टाढिँदै गएका छौँ भावनामा। बाबुआमाका सपना बोकेर हामी आफ्नै सपना हराउँछौँ,...

कसैलाई एक क्षणले नाप्न सकिँदैन, समयले मात्र उसको वास्तविकता देखाउँछ

मानव जीवनको सबैभन्दा सुन्दर र अद्भुत पक्ष भनेको यसको अद्वितीयता हो। यो सृष्टिमा जन्मिने हरेक व्यक्ति आफ्नै स्वरूप, सोच, अनुभूति र सम्भावनासहित आउँछ। प्रकृतिले कहिल्यै एउटै ढाँचामा दुईवटा जीव निर्माण गरेको छैन न त अनुहार उस्तै, न त मनको गहिराइ। हरेक मानिस एक छुट्टै कथा हो, एक अद्वितीय सिर्जना। तर विडम्बना के छ भने, यही अद्वितीयता बोकेर जन्मिएका हामीमध्ये धेरैजसो आफ्नो जीवन अरूजस्तै बन्ने प्रयासमै बिताइरहेका हुन्छौं। समाजले बनाएका मापदण्डहरू सफलताको परिभाषा, सुन्दरताको मानक, जीवन जिउने तरिका , यी सबैले व्यक्तिलाई एउटा साँघुरो घेराभित्र सीमित गरिदिन्छ। बाल्यकालदेखि नै हामीलाई सिकाइन्छ, “फलानो जस्तै बन”, “उसले जस्तो गर”, “त्यसरी नै सफल हुन्छ।” यो सिकाइले हामीलाई प्रेरणा दिनुको सट्टा कहिलेकाहीँ हाम्रो मौलिकतालाई दबाउने काम गर्छ। हामी आफ्नो भित्री आवाज सुन्नेभन्दा बाहिरी आवाजलाई बढी महत्व दिन थाल्छौं। आजको डिजिटल युगमा यो समस्या झन् गहिरिएको छ। सामाजिक सञ्जालहरूमा देखिने ‘परफेक्ट’ जीवन, चम्किला तस्बिरहरू, बनावटी सफलताका कथाहरू यी सबैले मानिसलाई आफूलाई अरूसँग तुलना गर्न बाध्य बनाउँछन्। हामी अ...

छिटो मान्छे, ढिलो बिकास

पहिला मान्छेले गाउँ छोडे, आशा बोकेर शहरतिर दौडिए, सपना ठूलो थियो, तर बाटो कहिल्यै सजिलो थिएन। अहिले बाटो फेरिएको छ, बिकास आफैँ गाउँ पसेको छ तर बाटोमा भेटिने मान्छे हराइसके, घर छन्, तर आँगन रित्तो छ। मान्छे छिटो हिँड्यो, बिकास ढिलो आयो बीचको त्यो समयमै सम्बन्धहरू छुटे, माटोसँगको नाता कमजोर भयो। अब प्रश्न त्यही छ के ती फर्किएलान्? के बिकासले तिनीहरूलाई बोलाउन सक्ला? सायद फर्किन्छन् यदि गाउँले केवल सडक र भवन होइन, मन, अवसर र भविष्य पनि दिन सक्यो भने। किनकि  मान्छे केवल बस्न ठाउँ खोज्दैन, उसले खोज्छ आफ्नोपन, सम्भावना, र सम्मान। - सुदर्शन  11/04/2026

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ

जब इन्जिनियर र भूगर्भविद् सँगै हिँड्छन्, विकास सुरक्षित हुन्छ नेपाल अहिले तीव्र पूर्वाधार विकासको चरणमा प्रवेश गरेको छ। देशभरि राजमार्ग विस्तार, सुरुङ मार्ग निर्माण, जलविद्युत् आयोजना, र ठूला बाँधहरू निर्माण भइरहेका छन्। नागढुंगा–नौबिसे सुरुङदेखि लिएर विभिन्न हाइड्रोपावरका हेडरेस टनेलहरू, पहाडी सडक विस्तार, र नदी नियन्त्रणका कामहरूले विकासको नयाँ गति देखाइरहेका छन्। यति मात्र होइन, नेपालका विश्वविद्यालयहरूमा Engineering Geology जस्तो विशिष्ट विषयको अध्ययनसमेत सुरु भइसकेको छ, जसले भूगर्भ र इन्जिनियरिङबीचको सम्बन्धलाई शैक्षिक रूपमा मजबुत बनाउने प्रयास गरेको छ। तर यति सकारात्मक प्रगति हुँदाहुँदै पनि एउटा मूल प्रश्न अझै उस्तै छ, भूगर्भविद्हरू किन अझै परियोजनाको नेतृत्वमा देखिँदैनन्? नेपालको भौगोलिक बनावट विश्वमै सबैभन्दा जटिलमध्ये एक मानिन्छ। हिमालय क्षेत्रको सक्रिय टेक्टोनिक गतिविधि, कमजोर चट्टान संरचना, उच्च वर्षा, र तीव्र ढलानले यहाँको भूगर्भलाई अत्यन्त संवेदनशील बनाएको छ। यही कारणले गर्दा यहाँका इन्जिनियरिङ परियोजनाहरू केवल डिजाइनको विषय मात्र होइन, भूगर्भीय जोखिमसँग प्रत्यक्ष जुध्ने प...

Geological Conditions Influencing Dam Foundations and Stability

Geological Conditions Influencing Dam Foundations and Stability The safety and durability of a dam largely depend on the geological structure of the foundation on which it is built. Different rock formations, faults, folds, and joints can significantly affect water seepage, stability, and long-term performance. The diagrams (a–f) illustrate various geological scenarios commonly encountered in dam engineering. 1. Rocks Dipping Downstream with an Upstream-Dipping Fault (a) In this case, rock layers slope in the same direction as water flow (downstream), while a fault dips upstream. This condition can be relatively stable because the fault resists sliding toward the downstream side. However, the fault zone may act as a pathway for water seepage, requiring proper sealing and grouting. 2. Upstream-Dipping Soft Sedimentary Layers with Downstream-Dipping Fault (b) This is a more critical situation. Soft sedimentary layers dipping upstream may weaken under water pressure. Additionally, a fault...

म हार मान्ने छैन

म एक नेपाली युवा हुँ, पहाड जस्तै उभिएको, तर भित्र कतै बगिरहेको छ अस्थिरता। हावासँगै उड्ने सपना बोकेको छु, तर खुट्टा अझै माटोमै अड्किएको छ। मेरो इतिहास वीरहरूको छ, तर वर्तमानमा म आफ्नै लडाइँ लड्दै छु। सबैले सोध्छन्। “कहिले सफल हुन्छस्?” म आफैँलाई सोध्छु, “म आखिर के खोज्दै छु?” शहरका गल्लीहरूमा आफ्नो भविष्य भेट्न खोज्छु, विदेशको बाटोमा आफ्नो मूल्य हराउँछु। म माया पनि गर्छु, तर डराउँछु, किनकि यहाँ सपना भन्दा जिम्मेवारी ठूलो छ। पैसा कमाउनुपर्छ, नाम बनाउनुपर्छ, तर मन भित्रको आवाज भन्छ “पहिला आफूलाई त चिन।” कहिलेकाहीँ लाग्छ! म दुई संसारबीच बाँडिएको छु, एउटा—परम्परा, अर्को—आधुनिकताको हावा। म खोज्दै छु सन्तुलन, आफ्नो पहिचान, आफ्नो बाटो। म एक नेपाली युवा हुँ, थाकेको छैन, तर अलमलिएको छु। तर अझै मेरो आँखामा आगो बाँकी छ, कि एकदिन म आफैँलाई प्रमाणित गर्नेछु अरूलाई होइन, आफ्नै आत्मालाई। म एक नेपाली युवा हुँ, र म हार मान्ने छैन। - सुदर्शन 

हामी बिस्तारै आध्यात्मिक हुँदैछौं

जब जीवनको अन्तिम सत्य नजिकबाट देखिन्छ, मन एकछिन रोकिन्छ, र त्यहीँबाट सुरु हुन्छ आध्यात्मिक चेत। पहिले जस्तो रहेन संसार, सबै कुरा छ—तर केही छैनजस्तो। घर छन्, सहर छन्, सुविधा छन्, तर मनभित्र खालीपन बढ्दैछ। मान्छेले बनाएका चीजहरू, ठूला भवन, नयाँ प्रविधि, सबै छन्, तर विश्वास घट्दैछ, रुचि हराउँदैछ, मन कतै टिक्दैनl आजको विश्व हेर्दा, कतै युद्ध, कतै तनाव, कतै असन्तुष्टि, कतै डर, मान्छे बाहिर जित्दैछ, तर भित्र हार्दैछ। यही अवस्थामा ऊ आफैँलाई सोध्न थाल्छ! "म के खोज्दैछु?" "के यही नै जीवन हो?" जब उत्तर भेटिँदैन, ऊ बिस्तारै फर्किन्छ भित्र, शान्ति खोज्न, अर्थ खोज्न। सायद यही कारण हो आज संसार बदलिँदैछ, मान्छे धर्म होइन, साँचो अनुभव खोज्दैछ। जब बाहिरको भरोसा टुट्छ, त्यसैबेला भित्रको ढोका खुल्छ, र त्यहीँबाट नयाँ चेत जन्मिन्छ। यसरी हेर्दा, आजको यो अन्योलपूर्ण संसार पनि एक यात्रा हो! बाहिरबाट भित्रतिर जाने। र सायद, हामी सबै बिस्तारै आध्यात्मिक हुँदैछौं। -  सुदर्शन 

AI को दुरुपयोग र विश्वासको संकट

AI को दुरुपयोग र विश्वासको संकट: नेपालजस्तो देशका लागि उदीयमान चुनौती डिजिटल प्रविधिको तीव्र विस्तारसँगै कृत्रिम बुद्धिमत्ता (AI) ले मानव जीवनमा अभूतपूर्व परिवर्तन ल्याएको छ। तर यसको दुरुपयोगले विश्वभरि “विश्वास संकट” (crisis of trust) निम्त्याउँदैछ। विकसित देशहरूमा समेत यसको प्रभाव गहिरिँदै जाँदा, नेपालजस्तो विकासोन्मुख देशका लागि यो चुनौती अझ संवेदनशील र जटिल बन्ने संकेत देखिन्छ। १. नेपालमा AI दुरुपयोग: किन जोखिम बढी छ? नेपालको सामाजिक, प्राविधिक र शैक्षिक संरचना हेर्दा AI दुरुपयोगको असर विशेष रूपमा गम्भीर हुन सक्छ: (क) डिजिटल साक्षरता कमजोर नेपालमा सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढेको छ, तर डिजिटल साक्षरता त्यही अनुपातमा बढेको छैन। धेरै प्रयोगकर्ताले सामग्रीको स्रोत जाँच गर्दैनन् फोटो वा भिडियो देख्दैमा “सत्य” मान्ने प्रवृत्ति छ यसले deepfake वा AI-generated सामग्रीलाई सजिलै विश्वास गर्ने वातावरण बनाउँछ। (ख) सामाजिक सञ्जालमा उच्च निर्भरता नेपालमा Facebook, TikTok, YouTube जस्ता प्लेटफर्महरू सूचना र विचारको मुख्य स्रोत बनेका छन्। एल्गोरिदमले सनसनीपूर्ण (sensational) सामग्रीलाई प...

बीच बाटोको मान्छे

बीच बाटोको मान्छे देशमै हुँदा देशै नराम्रो लाग्छ, सपना सबै उडेर विदेशका आकाशमा टाँसिन्छन्। “यहाँ केही छैन” भन्ने आवाज ठूलो हुन्छ, र एकदिन उही आवाज पासपोर्ट बोकेर उड्छ। तर… जब उ उडिसक्छ अर्को कथा सुरु हुन्छ। विदेशको चम्किलो बत्तीमुनि उसको छायाँ भने देशकै आँगनमा अड्किरहन्छ। “घर कहिले फर्किने?” भन्ने प्रश्न उसले अरूलाई हैन, आफ्नै मनलाई सोधिरहन्छ। देशमा हुँदा बिदेश जाने हतार, बिदेश पुगेपछि देश फर्किने व्याकुलता। बीचमा उभिएको छ एक मान्छे, जसले दुवै ठाउँमा आफूलाई हराइरहेको छ। यो होपोक्रेसी होइन भने अर्को के हो? जहाँ सपना पनि दोधारमा छन्, र आत्मा पनि। -ss

बेकार छन् ती यादहरू

बेकार छन् ती यादहरू बेकार छन् ती यादहरू, जसले रातको सन्नाटामा पुराना घाउहरू फेरि खोस्रन्छन्। तर कारक पनि तिनै हुन्, जसले सिकाउँछन्! पीडाको भित्री भाषा, र मौनताले बोल्ने सत्य। बुझ्नलाई बाटाहरू कहिल्यै सिधा हुँदैनन्। कतै काँडै काँडाले भरिएका, कतै कुहिरोले ढाकिएका। तर खोज्नलाई पखेटाहरू मानिसको मनमै उम्रन्छन्, आशाका, विद्रोहका, र फेरि उठ्ने साहसका। मान्छेको त के कुरा, यहाँ त मनकै सिकार गर्न तडपिरहेका छन् ब्याधाहरू, लोभका, भयका, अभाव र भ्रमका। ती अदृश्य शिकारीहरू कहिले सपनामा पस्छन्, कहिले सम्बन्धमै जाल थाप्छन्। तर एउटा सत्य अझै बाँकी छ। मन यदि अझै जिउँदो छ भने पखेटा फेरि पलाउँछन्। कुहिरो चिरेर बाटाहरू फेरि देखिन्छन्। किनकि बेकार लाग्ने ती यादहरू नै कहिलेकाहीँ जीवनको गहिरो पाठ बनेर हामीलाई आफ्नै आकाश खोज्न सिकाउँछन्।

नयाँ आउने सरकारका लागि केही सुझाव

नेपाल अहिले एउटा संक्रमणकालीन मोडमा उभिएको देश हो। विगत केही वर्षका राजनीतिक परिवर्तन, आर्थिक चुनौती र सामाजिक असन्तुष्टिका बीच देशको यात्रा अगाडि बढिरहेको छ। धेरै नागरिकको अनुभव एउटै छ, देश अभाव र दबाबबीच चलिरहेको छ। बजारमा महँगी बढेको छ, रोजगारीको अवसर सीमित छन्, र युवा पुस्ता आफ्नो भविष्य खोज्दै विदेशतिर जाने क्रम अझै रोकिएको छैन। यस्तो परिस्थितिमा बन्ने नयाँ सरकारप्रति जनताको अपेक्षा स्वाभाविक रूपमा ठूलो छ। आज नेपालका धेरै परिवारको दैनिक जीवन आर्थिक अभावसँग जोडिएको छ। बजारमा खाद्यान्न, इन्धन र अन्य आवश्यक वस्तुको मूल्य निरन्तर बढिरहेको छ, तर आम्दानी त्यही अनुपातमा बढेको छैन। गाउँघरमा खेतीयोग्य जमिन अझै प्रशस्त छ, तर काम गर्ने युवाहरू विदेश गएका कारण धेरै खेतबारी बाँझै छन्। शहरमा उच्च शिक्षित युवाहरू पनि उपयुक्त रोजगारी नपाएर निराश देखिन्छन्। परिणामस्वरूप, लाखौँ नेपालीहरूको सपना आज पनि पासपोर्ट र विमान टिकटसँग जोडिएको छ। यसका साथै, राजनीतिक अस्थिरता र भ्रष्टाचारप्रतिको अविश्वासले जनताको मनोबललाई कमजोर बनाएको छ। बारम्बार सरकार परिवर्तन हुने, ठूला आश्वासन दिने तर कार्यान्व...

उज्यालो भित्रको मान्छे

हरेक मान्छे कुनै न कुनै रूपमा प्रतिभाशाली र सुन्दर हुन्छ। प्रकृतिले कसैलाई पनि पूर्ण रूपमा खाली बनाएको हुँदैन। कसैको प्रतिभा अध्ययनमा देखिन्छ, कसैको सिर्जनशीलतामा, कसैको परिश्रममा, त कसैको नेतृत्व क्षमतामा। त्यस्तै सुन्दरता पनि केवल अनुहार वा बाहिरी रूपमै सीमित हुँदैन। वास्तविक सुन्दरता मानिसको विचार, व्यवहार, बोली, नम्रता र चरित्रमा झल्किन्छ। त्यसैले हरेक व्यक्तिको भित्र कुनै न कुनै प्रकारको विशेषता र उज्यालो लुकेको हुन्छ, जसले उसलाई अरूभन्दा फरक र मूल्यवान बनाउँछ। तर व्यवहारमा हेर्दा समाजमा एउटा रोचक तर दुःखद प्रवृत्ति देखिन्छ। धेरै मानिसहरू आफ्नै प्रतिभा विकास गर्ने वा आफ्नो सुन्दरता जोगाउने प्रयासभन्दा अरूको कमजोरी खोज्नमै बढी समय खर्च गर्छन्। उनीहरू अरूको गल्ती, कमी वा असफलताको चर्चा गर्न रुचाउँछन्। यसरी अरूको दोष खोज्दा केही क्षणका लागि आफूलाई ठूलो वा राम्रो भएको अनुभव हुन सक्छ, तर वास्तवमा यसले व्यक्तिको आफ्नै विकासलाई रोकिदिन्छ। उदाहरणका लागि, कुनै विद्यालयमा दुई जना विद्यार्थी छन् भनेर सोचौँ। एक जना विद्यार्थी आफ्नो पढाइ सुधार्न, नयाँ कुरा सिक्न र मेहनत गर्न ध्यान दिन्छ। अर्को...

समय, भ्रम र आशा

समय, भ्रम र आशा न लोभ छ, न हतार छ! तैपनि यो संसार अदृश्य दौडमा निरन्तर दौडिरहेको छ। पृथ्वी शान्त छ, आफ्नै धुरीमा घुमिरहेकी, मानौँ उसलाई हाम्रो बेचैनीसँग कुनै सरोकार नै छैन। सूर्य आफ्नै उज्यालोमा निःशब्द जलिरहेछ, दिनहरू जन्माइरहेछ, र फेरि साँझको हातमा बुझाइरहेछ। समय, नदी जस्तो होइन, समुन्द्र जस्तो पनि होइन। यो त एउटा अनन्त यात्रा हो जहाँ सबै यात्रुहरू बदलिन्छन्, तर बाटो कहिल्यै सकिँदैन। सबै कुरा सकिन्छ! शहरहरू, सभ्यताहरू, नाम र इतिहास पनि। तर नसकिने त सायद समय मात्र हो। र सबै कुरा टुटेपछि पनि मानिसको मुटुभित्र अझै बाँकी रहने एउटा सानो स्पन्दन हुन्छ! त्यो हो आशा। हामी भने यो विशाल ब्रह्माण्डको बीचमा साना सपना बोकेर हिँडिरहेका यात्री मात्र हौँ। कहिले सत्यलाई आफ्नै चाहनाले ढाक्छौँ, कहिले भ्रमलाई सत्य ठानेर पूजा गर्छौँ। यसरी हामी आफैँ भुलिरहेका छौँ, र एकअर्कालाई पनि भ्रमकै कथा सुनाएर भुलाइरहेका छौँ। तर समयको निःशब्द साक्षीभित्र एउटा कुरा स्पष्ट छ! भ्रमहरू बद्लिन्छन्, मानिसहरू हराउँछन्, तर मानिसको हृदयमा सधैँ बाँचिरहने एउटा सानो उज्यालो हुन्छ, आशा। - सुदर्शन 

खुसीको कुरा

खुसीको कुरा खुसी हाम्रो प्राकृतिक अवस्था हो। दुःखी हुन कारण चाहिन्छ, खुसी हुन चाहिँ कारण नै चाहिँदैन। भोक लाग्नु सामान्य कुरा हो, त्यो शरीरले दिएको संकेत हो। तर खान नपाउनु पीडा हो। प्यास लाग्नु स्वाभाविक हो, तर पानी नपाउनु दुःख हो। भोक लागेको बेला हामीलाई स्वाद चाहिँदैन, केवल खाना चाहिन्छ। तिर्खा लागेको बेला हामीलाई रसिलो पेय होइन, केवल पानी चाहिन्छ। तर जब हामी हरेक कुरामा स्वाद खोज्न थाल्छौँ, त्यहीँबाट दुःख सुरु हुन्छ। स्वादले दिने आनन्द क्षणिक हुन्छ। त्यो केही बेर रहन्छ, र फेरि हराउँछ। तर हाम्रो मनले त्यही आनन्द फेरि–फेरि खोजिरहन्छ। त्यो बिस्तारै नशा बन्छ। त्यसपछि हामी भोकको सच्चा अर्थ बिर्सन्छौँ, प्यासको अर्थ बिर्सन्छौँ, र जीवनको सरलता बिर्सन्छौँ। एक बच्चाजस्तै बाँच्न सिकौँ। बच्चालाई खुसी हुन कारण चाहिँदैन। उ सानो कुरामै हाँस्छ, सानो कुरामै रमाउँछ। हामी भने भन्छौँ, “यो भएपछि खुसी हुन्छु।” “त्यो पाएपछि रमाउँछु।” यस्तै भन्दै–भन्दै जीवन बित्छ। सत्य यत्ति हो, अहिले, यही क्षणमै तपाईं खुसी हुन सक्नुहुन्छ। तर यदि कारण खोज्न थाल्नुभयो भने, खुसी सधैँ टाढा जान्छ। खुसी कुनै उपलब्धि होइन, यो त ...

हामी सुन्दर हुन तयार छौँ कि छैनौँ?

माथिबाट हेर्दा नेपाल एकचोटि माथिबाट हेरौँ न नेपाललाई हिमाल, पहाड, तराई तीन तहको एकै सपना जस्तो देखिन्छ। सगरमाथा चुपचाप उभिएको छ, कोशी नदी बगिरहेकी छ, कसैले कसैलाई “मेरो” भनेको छैन। तर तल झर्दा सिमाना देखिन्छ, पार्टी देखिन्छ, झण्डा देखिन्छ, र झण्डाभन्दा ठूलो अहंकार देखिन्छ। नेपाल अहिले बाटो खोजिरहेको देश हो। युवाहरू विमानस्थलमा लाइनमा छन्, आमा–बाबु आँखा पुछ्दै छन्, गाउँका घरमा ताल्चा छन्, खेतबारी घाममै सुकिरहेका छन्। काठमाडौँको सडकमा भाषण धेरै छ, तर गाउँमा मल र बीउको अभाव छ। नेता मञ्चमा ठूला कुरा गर्छन्, जनता चियापसलमा देश बचाउँछन्। तर देश! देश त अझै पनि धैर्यले बाँचिरहेको छ। हामीले धेरै क्रान्ति देख्यौँ, व्यवस्था फेरियो, नक्सा फेरिए, नाम फेरिए तर मन फेरिएन। भ्रष्टाचार हाम्रो घाउ हो, बेरोजगारी हाम्रो चिन्ता, र आशा हाम्रो अन्तिम सम्पत्ति। तैपनि, यो देश निराश मात्र छैन। विदेशबाट फर्किने सपनाहरू छन्, स्टार्टअप सुरु गर्ने आँट छन्, गाउँ फर्केर खेती गर्ने केही पागलहरू छन्। र ती पागलहरू नै भविष्य हुन्। हामीले प्रकृतिबाट धेरै पायौँ। हिमालको उचाइ, नदीको सहनशीलता, पहाडको धैर्य। तर हामीले प्रकृतिज...

रिसको शब्द

रिसको शब्द धेरै मानिस आफ्नै सोचको ऐनामा अडिन्छन्, आफ्नै अनुभूतिको तराजुमा अरूलाई जोख्छन्। जब संसार आफ्नै जस्तो देखिँदैन, रिसको आगो चर्किन्छ र शब्दहरू बन्छन् बिना धारको तर बारुदले भरिएका। रिसाएको क्षणमा जिब्रोले जे पनि भन्छ, सही–गलत छुट्याउने समय हुँदैन। त्यो क्षण बित्छ, रिस हराउँछ, बोल्ने मान्छेले बिर्सन्छ तर सुन्ने मन? त्यो चुपचाप घाइते हुन्छ। नबोली सहन्छ, तर कहिल्यै बिर्सँदैन। शब्दहरू त हावा होइनन्, तिनले आत्मामा चोट दिन्छन्। होच्याइएका साना बालमनहरू बिस्तारै मौन बन्छन्, आत्मविश्वासको फुल अँध्यारोमा ओइलिन्छ। हाम्रो समाजको यो सानो गल्ती भोलिको ठूलो कमजोरी बन्छ। सम्झौँ! सबैको समय एउटै हुँदैन, आज कमजोर देखिएको हात भोलि बलियो स्तम्भ बन्न सक्छ। आज चुप लागेको बालक भोलि उज्यालो भविष्यको स्वर हुन सक्छ। त्यसैले, घमण्डले होइन, करुणाले बोलौँ। रिसले होइन, मायाले सम्झाऔँ। किनकि शब्दले भत्काउन पनि सक्छ, र शब्दले नै संसार बनाउन पनि सक्छ। - सुदर्शन